कृषि प्राविधिक पढेका राना च्याउखेतीबाट गर्दैछन् राम्रो आम्दानी
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका – ६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै आउनु भएको छ । पाँच वर्षअघि कृषि जेटिएको पढाइ पूरा गर्नुभएका उहाँले च्याउखेती गर्दै आउनु भएको हो । बाह्रैमहिना च्याउ उत्पदान गर्दै आउनु भएका उहाँले फार्म सञ्चालनका लागि रू. सात लाख लगानी गर्नुभएको छ […]





