समाचार

तोरीको उत्पादन बढ्नेभएपछि किसान खुसी

कावासोती। पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा […]

किसानबाट उत्पादित वस्तुको उचित मूल्य लागू गर्न माग

ललितपुर। किसान सङ्घर्ष समितिले किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य लागू गर्न माग गरेका छन् । सङ्घर्ष समितिले आज किसानलाई परेका समस्या तत्काल समाधान गर्न माग गर्दै काठमाडौँको बाफलमा प्रदर्शन गरेको हो । समितिले वास्तविक किसानको पहिचान गर्नुपर्ने, किसानलाई पेन्सनको व्यवस्था लागू गर्नुपर्ने, किसानबाट उत्पादित वस्तुलाई बजारको सुनिश्चित गर्नुपर्ने, मल, बीउ बिजन उचित व्यवस्था गर्नुपर्ने, […]

किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउँदा आर्थिक सङ्कट

मकवानपुर। बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा शून्य समयमा बोल्नुहुने प्रदेशसभा सदस्यहरूले प्रदेशमा राष्ट्रिय सरोकारको विषयलगायत किसानले उत्पादन गरेको तरकारीले बजारमा उचित मूल्य नपाउँदा आइपरेको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सत्तापक्ष र प्रतिपक्ष गरी १७ सदस्यले आआफ्नो क्षेत्रको समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण गरी कार्यान्वयन गर्न आग्रह गर्नुभयो । […]

बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण

दोधारा चाँदनी। कञ्चनपुरका बङ्गुर फार्ममा  ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण देखिएको छ । बेदकोट नगरपालिका–४ स्थित बङ्गुर फार्ममा सङ्क्रमण देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा पानसिंह ठगुन्नाले जानकारी दिनुभयो । उहाँले एक महिनाअघिदेखि अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर र बँदेल मर्न थाले पनि ढिलागरी जानकारीमा आएको बताउनुभयो । “यहाँको […]

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

बुद्धभूमि। पहाडको शिरमा पुर्खादेखि मिलेर बसेको सानो गाउँ । घरछेउको भिरालो बारी । रहनसहन र चालचलनमा गाउँले झझल्को दिने परिवेशमा ढकमक्क फुलेका फूल । झट्ट हेर्दा कुनै तराईका फाँटमा गन्यमान्यले घर सजाउन रोपेका फूलका बगैँचाजस्तै लाग्छ । तर यो त विगत १५ वर्षदेखि व्यावसायिक पुष्पखेती गर्दै आउनुभएका कृषक कमानसिंह दर्लामीको व्यवसाय हो । उमेरले ६३ […]

बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली

भोजपुर। बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ । रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतङ्क बढेपछि बस्ती छाडेर हिँडेका छन् […]

हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले

बेनी। यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको हो । वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौँलगायतका […]

भेडापालन किसानको आम्दानीको नयाँ स्रोत ‘भोटे कुकुर’का छाउरा

रुकुम। रुकुमपूर्व पथाउत्तरगङ्गा तकसेराका परिलाल बुढा भेडा गोठालो हुनुहन्छ । उहाँ जाडो छल्नका लागि भेडा लिएर यतिबेला ठूलीदह पुग्नुभएको छ । बर्खामा रुकुमपूर्वको हिमाली क्षेत्रमा भेडा चराउने बुढा हिमपात र चिसो बढेपछि चिसो छल्न रुकुमपश्चिमको विभिन्न भागमा पुग्नुहुन्छ । भेडाको उनबाट राम्रो आम्दानी गर्दै आउनुभएका बुढाको अर्को आम्दानीको स्रोत हो, कुकुरका छाउरा । उहाँसँग भोटे […]

गहुँ सुक्न थालेपछि कृषक चिन्तित

ढोरपाटन। गत वर्ष यति बेला खेत बारीमा लगाइएका गहुँ जौँले बाला हाल्न सुरु गर्थे । समयमै वर्षा हुँदा कृषकले गहुँ उत्पादनमा घाटा ब्यहोर्नुपरेन । तर, यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा किसान निरास बनेका छन् । लामो समयदेखि खडेरीले पसाउन थालेको गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन् । त्यसै त जिल्लामा गहुँ उत्पादन कम […]

सामूहिक खेतीमार्फत विपन्नको आय वृद्धिमा सहकारी

डुम्रे। व्यास नगरपालिका–१० दुम्सीस्थित शिशुवा भतेरी कृषि सहकारीले बाँझो जमिनको उपयोग गर्दै सामूहिक खेतीमार्फत विपन्न समुदायको आयस्तर बढाएको छ । मादी नदी किनार नजिकै शिशुवा भतेरीमा रहेको बाँझो जग्गामा सामूहिक खेती गरी आयआर्जनको वातावरण बनाएर उनीहरुको आर्थिक जीवनस्तर बढाउन सघाएको छ । सहकारीले विसं २०७४ देखि भाडामा लिएको भतेरीको जग्गामा सामूहिक खेती सुरु गरेपछि विपन्न […]