समाचार

खाना पकाउन अझै गुइँठाकै भर

खजुरा। ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन रहेको छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै छ । खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा–कण्डा इन्धनका रूपमा प्रयोग गरिरहेको बाँके डुडुवा गाउँपालिका–१ की लक्ष्मी कोरी बताउनुहुन्छ । “ग्यास किन्न सक्ने अवस्था […]

सुन्तला खेतीबाट जीवन स्तर फेरियो

म्याग्दी। बेनी नगरपालिका–४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशक भयो । परम्परागतरुपमा लगाउँदै आएको खाद्यबाली छाडेर नगदेबालीको रुपमा खेतबारीमा व्यावसायिकरुपमा सुन्तला खेती गर्नुभएका खत्रीको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ । बास्कुना र सुर्केमलामा गरी करिब सात सय सुन्तलाका बोट रोप्नुभएका खत्रीको बगैँचामा यतिबेला सुन्तला टिप्ने चटारो […]

आलुमा आत्मनिर्भर बन्दै नवलपरासी

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो । जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । “गत वर्ष तीन हजार एक सय १५ हेक्टर […]

सर्लाहीका दुई चिनी उद्योग सञ्चालन

सर्लाही। जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्रिगरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन । उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । उनका अनुसार किसानको मागअनुसार उखुको मूल्य निर्धारण नभए पनि चिनी उद्योगले तत्कालका लागि गत वर्षकै […]

नवलपुरका किसान मौरीपालनतर्फ आकर्षित

त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदे यामको मह काढ्ने समय अहिले चलिरहेको छ । यस यामको मह काढ्ने समय कात्तिक महिनादेखि सुरु हुन्छ । जिल्लाका किसानले कात्तिक महिनामा दाङमा चराउन लगेको मौरीको मह काढेर सकेका छन् । अहिले जिल्लाभित्र नै चराउन राखिएका घारबाट मह काढ्न सुरु भएको […]

बाँझो जमिन उपयोग गरी चियाखेती विस्तार गरिँदै

पर्वत। पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरु डाँडाखर्क । जहाँ गुरुङ समुदायको बाहुल्यता रहेको छ । वैदेशिक रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको खोजीलगायत विविध कारणले गुरुङ समुदायका झण्डै ८० प्रतिशत परिवारले गाउँ छाडिसके । गाउँबाट बसाइँसराइको दर उल्लेख्य बढेपछि अहिले खेतबारी पूरै झाडी र बुटा्यनले भरिएको छ । ढुङ्गाको छानो भएका, चिटिक्क परेका घर भग्नावशेषमा परिणत हुन थालेका […]

तरकारी व्यापारले फेरियो महिलाको जीवनस्तर

जनकपुरधाम। केही वर्षअघिसम्म गाउँको साहुमहाजनमा बनिबुतो गरी परिवारको गुजारा गर्दै आएकी सप्तरी डाँक्नेश्वरी नगरपालिका–१ कबिलासाकी सुर्तीदेवी सदालाई आजभोलि बजारमा तरकारी पु¥याउन भ्याइनभ्याइ छ । सामान्य लेखपढ गर्नसमेत नजानेकी सुर्तिदेवीलाई अहिले बिहान हुने बित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र गाउँ नजिकैको सहरमा कतिबेला पु¥याउने भन्ने हतारो हुन्छ । दुई वर्षअघिसम्म रकमको आभावमा आयआर्जनको कुनै काम […]

चितवनमा तोरी उत्पादन बढ्ने

भरतपुर। चितवनमा पछिल्ला केही वर्षयता तोरी उत्पादन हुने क्षेत्र बढेसँगै उत्पादनमा पनि वृद्धि हुने भएको छ । तोरी उत्पादन हुने जिल्लाका रुपमा चिनिने चितवनमा तोरी उत्पादन अब भने बढ्न थालेको हो । कृषि ज्ञान केन्द्र चितवनले विगतका तुलनामा यसवर्ष तोरी उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि वृद्धि हुने बताएको छ । विगतमा तोरीमा लाग्ने रोग […]

सर्लाहीका किसानलाई तरुल खन्न चटारो

सर्लाही। सर्लाहीका विभिन्न क्षेत्रका किसानलाई माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल खन्ने चटारो बढेको छ । जिल्लाको शङ्करपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया हजरियालगायतका क्षेत्रमा व्यावसायिकरूपमा तरुल खेती हुने गरेको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उनीहरुलाई चटारो बढेको हो । ती क्षेत्रका किसानले तरुल बिक्रीबाट बर्सेनि मनग्य आम्दानी गर्दै आएका छन् । बागमती नगरपालिका–५ राजघाट टेकानीका जगतबहादुर […]

बर्दघाट सुस्तापूर्वमा यस वर्ष सुन्तलाको उत्पादन बढ्यो

मध्यबिन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो । जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले एक हजार २५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला बिक्रीबाट रु. छ करोड १५ लाख आम्दानी भएको […]