किसान

किसानसंग अन्तरक्रिया गर्न सांसदहरु रोल्पामा

रोल्पा । नयाँ संविधानअनुसार कृषि नीति तयार गर्न तथा कृषिसम्बन्धी ऐननियम संशोधन गर्नुपूर्व किसानको रायसुझाव लिने उद्देश्यले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत विकास समितिको एक टोलीले रोल्पाको लिवाङमा किसानसँग मंगलबार एक अन्तरक्रिया कार्यक्रम गरेको छ । व्यवस्थापिका–संसद् सदस्य रामेश्वर ढुङ्गेलको नेतृत्वमा सांसद तारामान गुरुङ, पुनाराम थापा र शारदाकुमारी विश्वकर्मा सम्मिलित टोलीले यहाँका किसान, राजनीतिक दल, सरकारी […]

सडककाे पहुँच नहुँदा स्याउ बिक्रि हुन सकेन

गोरखा । ल्हो गाविस– ५ का छेवाङ नर्वु लामाको बारीमा लटरम्म स्याउ पाकेका छन् । बारीका पाँच बोटमा फलेका स्याउ बिक्री नहुँदा कुहिने अवस्थामा पुगिसकेको छ । हाँगा भाँचिएला जस्तै गरी स्याउ फले पनि बिक्री गर्न भने सकिएको छैन । ‘दुःख गरेर स्याउका बोट हुर्काइयो, स्याउ बिक्री हुँदैन, के गर्नु ?,’ लामाले भने । लामाको […]

व्यवसायिक घाँसखेतीमा पर्वतका कृषक

पर्वत । पर्वतका किसानहरुले व्यवसायिक रुपमा घाँसखेती गर्दै आएका छन् । व्यवसायिक पशुपालनमा वृद्धि भएसँगै पर्वतमा उन्नत घाँस खेती फस्टाएको छ । जिल्ला पशुसेवा कार्यालयले पशुपालनमा वृद्धि गर्न तथा कृषकहरुलाई प्रोत्साहन गर्नको लागि विभिन्न प्रजातीका उन्नत घाँसका वीउ सहुलियत मूल्यमा उपलब्ध गराएको छ । हाल कृषकहरुले जै, वरसिम, भेज लगायतका प्रजातीको व्यवसायिक खेती गरेका छन् […]

बगरमा माछापालन

धनकुटा । धनकुटाका एक व्यक्तिले रू. २३ लाख को लगानीमा बगरमा माछा पालन शुरु गरेका छन् । धनकुटा बुढिमोरङ गाविस ५ का ६४ वर्षिया देव ईवाहाङ लिम्बुले भेडेटार गाविसको फलामेटारको लेउती खोलामा रहेको आफ्नो ३५ रोपनी बगर जमिनमा तटबन्धन निमार्ण गरेर माछापालन शुरु गरेका हुन् । वि.सं. २०४१ को बाढीले कटान गरेको जमिनमा अनेकौं प्रयास […]

कृषि ब्यबसाय बाट नै करोडपति

इलाम । रसुवाको यार्सामा जन्मिएका तुलु तामाङसँग ठूलो सपना थिएन। उनले बाबुआमाले खेतबारीमा धेरै दुख गर्दा पनि परिवारको गुजारा गर्न नसकेको देखेका थिए। त्यसैले त स्कुल जान छाडेर उनी १४ वर्षकै उमेरमा विदेशी पर्यटकको झोला बोक्न गए। ‘आफ्नो बारीको आलु, मकै र कोदोले खान नपुग्ने भएपछि अक्षर चिन्न नपाई भरिया काम गरियो’ उनी विगत सम्झिन्छन्। […]

माओबादी नेत्रीहरु राजनीतिसंगै गोलभेँडा खेतीमा ,भन्छन ” अरु पेसाभन्दा कृषिमै आनन्द छ “

ललितपुर। माओबादी नेत्रीहरु क्रमश : दोलखा घर भएकी भगवती प्रधान र सोलुखुम्बुकी टीका बाँस्तोलाले सात लाख रुपैयाँ लगानीमा धापाखेलमा एक वर्षदेखि गोलभेँडा खेती गरेका छन् । गत चैतमा रोपेको गोलभेँडाले अहिले धमाधम उत्पादन दिन थालेको छ । उनीहरूको सोच कृषि कर्मबाट आर्थिक क्रान्ति गर्नु हो । प्रधान र बाँस्तोला अन्य पेसाभन्दा कृषि सहज भएकाले आफ्नो […]

रोगले माछा मर्न थालेपछि कृषक चिन्तित

बर्दिया। बर्दियाको सोरहवा–२, जगतपुरका माछापालक कृषक पुष्पराज भूषाललाई दिनहुँ नया रोगले धमाधम माछा मर्न थालेपछि चिन्ताले सताएको छ । ०६९ सालदेखि ५ वर्षका लागि १ करोड ८ लाखमा ७५ हेक्टर बढैयाताल ठेक्कामा लिई माछापालन गर्दै आएका भुसालले एक महिनायता करिब ३० हजार माछा मरिसकेको बताए । केन्द्रीय मत्स्य प्रयोगशाला बालाजुबाट आएका विज्ञले पानीको गुणस्तर जाँच […]

घरमै बसी–बसी किसानका समस्या समाधान

मोरङ। मोबाइल सन्देस (एसएमएस)मार्फत आफ्ना गुनासाको सामाधान हुन थालेपछि मोरङका किसान गुनासा लिएर कृषि कार्यालय धाउनुुपर्ने झन्झटबाट मुक्त भएका छन् । जिल्ला कृषि विकास कार्यलय मोरङले मोबाइलको एसएमएस प्रविधिबाट किसानका कृषिसम्बन्धी गुुनासाका जवाफ दिन थालेपछि कृषि कार्यालय धाउने झन्झटबाट मुक्त भएका हुन् । जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुुख राजेन्द्र उप्रेतीका अनुसार कृषकले कृषिसम्बन्धी भोेग्नुु […]

चन्द्रप्रसाद अधिकारी चितवनका एक नमुना प्राङगारिक कृषक

चितवन। रासायनिक मल र विषादीको प्रयोग बृद्धि भइरहेको बर्तमान समयमा प्राङगारिक कृषि प्रणाली अवलम्बन गर्नु एक सराहनीय काम हो । नेपालमै बसेर करिब २४ बर्षदेखि प्राङगारिक खेती प्रणाली अपनाई एक प्रगतिशील किसान बन्न सफल हुनुभएका एक कृषकको नाम हो – चन्द्रप्रसाद अधिकारी । चन्द्रप्रसाद अधिकारी चितवन जिल्लाको फुलबारी गाबिसमा बि.सं. २०१५ मा जन्मनुभएको हो । […]

लामो खडेरीले धान मर्न थालेपछि किसान चिन्तित

कपिलवस्तु । लामो खडेरीले कपिलवस्तु कृषकहरुले लगाएको धान मर्न थालेको छ । खेतमा पानी अभावले धान खेतमा धाँजा फाटेका छन् । पानी कै अभावमा सप्रिन नसकेर धान बाली सुक्न थालेपछि किसानहरु चिन्तित छन् । गत साउन ११ यता जिल्लामा पानी परेका छैन । चर्को घामले गर्दा खेतको माटो सुकेर फुटेको छ । सिचाई सुबिधा जिल्लाको […]