सय रूपैयाँको काउली २० रुपैयाँमै !
चितवन। दशैं सुरु भएयता चितवनमा महंगिएको तरकारी दशैंलगत्तै घटेको छ । चितवनका फलफूल तथा तरकारी थोक व्यवसायी रामराज पाण्डेका अनुसार बजारमा सोह्र श्राद्ध सकिनासाथ तरकारीको मूल्य बढेको थियो । सो बेला बजारमा कुनै पनि तरकारी प्रतिकिलो सय रुपैयाँ घटी पाउनै मुस्किल भएको थियो । तर अहिले बजारमा तरकारीको भाउमा भारी मात्रामा गिरावट आएको छ । […]