किसान

स्वरोजगार बन्दै दलित महिला

राँझा। बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर निवासी पदमीकला कामीले पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिकरूपमा कृषि पेशामा होमिलीएका छन् । अहिले उनको फार्ममा ४२ बाख्रा, छ हजार कुखुरा र हाँस छन् । बाख्रा, कुखुरा, हाँसपालन गरेरै जीविकोपार्जन गर्दै आएको उनले बताइन । लोकल र कडकनाथ जातको कुखुरा खरिद गर्न व्यापारी घरमै पुग्ने गरेको उनले जानकारी दिइन । […]

तरकारी व्यवसायमा जमेको सामन्त जोडी

दार्चुला। महाकाली नगरपालिका–९ थाप्लाका ५२ वर्षीया जानकीदेवी सामन्त र ५२ वर्षीय विक्रमसिंह सामन्तको दैनिकी डेढ दशकयता तरकारी खेती गोडमेलमा बितेको छ । बिहान उठेदेखि बेलुकी अबेरसम्म तरकारी गोड्ने, फलेका तरकारी टिप्ने, पानी लगाउने र बेर्ना छर्ने काममा व्यस्त हुन्छन्, जहिल्यै यो जोडी । विसं २०४२ देखि सानो तरकारी बारी सुरु गरेका जानकीका श्रीमान् विक्रमले २०६२ […]

‘दूध बेच्ने रहर छ, छोइन्छ भन्छन् नबिक्ने डर छ’

बागलुङ। पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उहाँले पाउनुहुन्न । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोख्नुभयो । उहाँको थातथलो रहेको बागलुङ नगरपालिका–७ कालिमाटी दलित बाहुल्य बस्ती हो । विश्वकर्माझैँ त्यहाँका […]

वैदेशिक असफलताले बनायो ‘सफल’ कृषक

गलकोट। मानिसको जीवनमा अनेकन घुम्ती आउँछ । कतिपय घुम्ती, बाध्यता, अप्ठ्यारा, कठिनाइ, सङ्कटले जीवनमा नयाँ आयाम ल्याउँदछ । बिसरबाइस वर्षको ठिटो हुँदा विदेश जाने मोहले निकै सताइरहेको थियो । बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गा तिलिजा मगरको विदेश जाने भोकले धेरै ठाउँमा भौतारिने बनायो । वैदेशिक रोजगारीको दौडमै लगातार आठ वर्ष काठमाडौँ धाउँदाधाउँदै बित्यो । उमेरले ३० […]

व्यावसायिक कृषिले फेरिएको जीवन

भोजपुर। कृषिमा कम भविष्य देख्नेका लागि यहाँका कृषक उदाहरणीय बन्न थालेका छन्। यहाँका कृषकले कृषि व्यवसायमार्फत लाखौं आम्दानी गर्न सफल भएका छन्। पछिल्लो समय यहाँका कृषि उपजले बाहिरी जिल्लाका बजारमासमेत स्थान पाउन थालेको छ। सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन्। अकबरे खुर्सानी तरकारी तथा फलफूल धरान, विराटनगर तथा काठमाडौंलगायत सहरमा […]

शिक्षण पेशासँगै कृषि व्यवसाय : करोड आम्दानी गर्ने योजना

पाल्पा। सरकारी कर्मचारी अन्य पेशा तथा व्यवसायमा आवद्ध हुँदैनन् । सरकारी काममा नै समय बिताउने अधिकांश कर्मचारी साँझ बिहान अध्ययन तथा घरायसी काम गर्न रुचाउँछन् तर जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीमा जनक आचार्य शिक्षण पेशासँगै व्यावसायिक खोर्सानी खेतीमा पनि व्यस्त छन् । नजिकैको प्रभात माध्यमिक विद्यालयको उनी प्रधानाध्यापक हुन् । दुई सय रोपनी बाँझो खेतबारीमा व्यावसायिकरूपमा […]

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान आन्दोलनको तयारीमा

सर्लाही। सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन-चार वर्षअघिदेखिकै करिब रु ३० करोड भुक्तानी आफूहरुले पटक-पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा लागेका सिसौटियाका उखु उत्पादक किसान रामविलास महतोले बताए । […]

सङ्घर्षले बनाएको यामकुमारीको पहिचान

गलकोट। एउटा सङ्र्घषपछिको सफलताको कथा पढ्न लेख्नजति नै आनन्द लाग्छ उति नै सफलता प्राप्त गर्नका लागि गरेको त्याग, सङ्घर्ष र समर्पण सम्झन लायक हुन्छ । सङ्घर्षशील एकल महिलाले ढाका बुनाइमा पाएको सफलता निकै प्रेरणादायी बन्न सफल भएको छ । बागलुङ नगरपालिका– १० भकुण्डे घर भई हाल बागलुङ बजारको गुठीमा बस्दै आउनुभएकी यामकुमारी थापा हस्तकलामा व्यस्त […]

भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने रहर

बझाङ। हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर सम्झदै उनले भने, “चैनपुरमा औँलामा गन्ने घरहरु थिए ।” चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ भन्थे, के गर्ने त्यो बेला भेडा, बाख्रालाई […]

विदेशको जागिर छाडेर गाउँमा रमाउँदै अधिकारी

तनहुँ। भानु नगरपालिका–१२ स्थित घलेछाप निवासी ५० वर्षीय राजेन्द्र अधिकारी बहराइनमा होटलको राम्रो जागिर छाडेर गाउँमै व्यावसायिक पशुपालनतर्फ लागेका छन् । गाउँमै बसेर केही गरौँ भन्ने भावनाका साथ विगत तीन वर्षदेखि बोर र स्थानीय जातका बाख्रा, मौरीपाल तथा लोकल कुखुरा पालन गरेर राम्रो आम्दानी गर्दै आएका छन् । शुरुमा करिब रु. १५ लाखबाट व्यवसाय थालेका […]