अन्तर्राष्ट्रिय समाचार

चीनमा खडेरीबाट करिब दुई लाख पचास हजार मानिस प्रभावित

वुहान (चीन)। मध्य चीनको हुवेई प्रान्तमा खडेरीका कारण करिब दुई लाख ३७ हजार मानिसमा खानेपानीको अभाव भएको हुवेईका स्थानीय अधिकारीले बताएका छन् ।सामान्यतया यहाँ पर्ने गरेको औषत वर्षाको करिब १० प्रतिशत मात्र वर्षा यस क्षेत्रमा भएको स्थानीय अधिकारीले एक प्रेस विज्ञप्ति जारी गरी शनिबार बताए । हुवेईको उत्तरपश्चिम क्षेत्रमा अवस्थित सियान र इचाङ सहरमा वर्षा […]

बाख्राहरुसँगै घाँस खाएर ३ दिन जंगलमा चरेका व्यक्तिले पाए ‘नोबेल पुरस्कार’

बेलायत।तीन दिनसम्म बाख्राको जीवन बाँचेर वैज्ञानिक अनुसन्धान गरेका एक बेलायतीले यो वर्षको ‘आइजी नोबेल पुरस्कार’ प्राप्त गरेका छन् । टमस थोयट्सले बाख्राजस्तै चारखुट्टा टेकेरै ३ दिनसम्म बाख्राजस्तै जीवन बाँचेका थिए । उनी बाख्राहरुसँगै चरनमा गएर घाँस समेत खाएका थिए । बाख्राजस्तै बन्नका लागि उनले बेग्लै किसिमको कृतिम ‘बाख्रे खुट्टा’हरू प्रयोग गरेका थिए । ३ दिनसम्म […]

भारतको कफी निर्यातमा वृद्धि

नयाँ दिल्ली (भारत) । चालू आर्थिक वर्ष २०१६/१७ को पहिलो ५ महीनामा भारतको कफी निर्यातमा उच्च वृद्घि भएको तथ्याङ्क छ । कफी बोर्डले बताएअनुसार अप्रिल–अगष्ट महीनामा कफी निर्यात १८ दशमलव १५ प्रतिशतले बढेर १ लाख ६३ हजार ६ सय १५ टनमा उक्लिएको छ । आर्थिक वर्ष २०१५/१६ मा भारतले १ लाख ३८ हजार ४ सय […]

जमिन विवादपछि झडप हुँदा चौध जना किसानको मृत्यु

माली। मालीको मध्य भागमा अवस्थित कौसौमा र मौग्मा गाउँका दुई समूहबीच जमिन सिँचाइसम्बन्धी विवाद हुँदा आइतबार कम्तिमा १४ जना स्थानीयको मृत्यु भएको मोप्टीका सुरक्षा अधिकारीले बताएका छन् । घटनामा ४० जना घाइते भएका बताइएको छ । शनिबार यस बर्ष पहिलो पटक वर्षा भएपछि सिँचाइका लागि पानीको विवाद परेको र सोही विवादले चर्को रुप लिएपछि भएको झडपमा […]

भारतका किसानहरु आन्दोलनमा उत्रिए

पन्जाब। भारतमा किसानहरु सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् । भारतको चन्डीगढ राज्यका किसानले अनौठो तरिकाले विरोध प्रदर्शन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गर्न उनीहरुले रगतसहित प्रदर्शन गरेका छन् । सरकारका नीति किसानविरोधी भएको आरोप लगाउँदै किसानहरुले नारावाजी गर्दै सडक प्रदर्शन गरेका छन् । राज्यमा किसानहरुको आत्महत्या लगातार बढ्दै गएको भन्दै उनीहरुले सरकारको […]