पन्जाब। भारतमा किसानहरु सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

भारतको चन्डीगढ राज्यका किसानले अनौठो तरिकाले विरोध प्रदर्शन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गर्न उनीहरुले रगतसहित प्रदर्शन गरेका छन् ।

सरकारका नीति किसानविरोधी भएको आरोप लगाउँदै किसानहरुले नारावाजी गर्दै सडक प्रदर्शन गरेका छन् । राज्यमा किसानहरुको आत्महत्या लगातार बढ्दै गएको भन्दै उनीहरुले सरकारको ध्यानआकर्षण गराएका छन् ।