जानकारी

कार्तिकको दोश्रो हप्तासम्म मुस्ताङबाट रु २३ करोडको स्याउ निकासी

मुस्ताङ। हिमाली जिल्ला मुस्ताङबाट २३ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ ।भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म २३ करोडको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अझै आठ करोडको हाराहारीमा स्याउ निर्यात हुने कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिए । ‘गत वर्ष मुस्ताङमा चार हजार ७०० मेट्रिक टन स्याउ […]

अम्रिसो खेतीबाट आम्दानी

पाल्पा । जल्पा गाविस–४ मा रहेको ढापडाँडा घडेरी थुम्का सामुदायिक वनका उपभोक्ता समितिहरुले अम्रिसो खेतीबाट आम्दानी लिन थालेका छन् ।अम्रिसो खेती गरेपछि वन क्षेत्र हराभरा तथा त्यसिको भू–संरक्षण समेत भएको छ । उपभोक्ताले तीन वर्षअघि पाँच हेक्टर क्षेत्रफलमा १५ हजार अम्रिसोको बिरुवा रोपेका हुन् । गत आवमा उक्त सामुदायिक वनले रू. दुई लाख आम्दानी गरेको […]

फूल किसानहरु खुशी र तनावमा

धनकुटा । तिहारलाई लक्षित गरेर लगाएको सयपत्री फूल कसैको ठीक समयमा र कसैको तिहार पछि मात्र फुल्ने भएपछि धनकुटाका फूल किसानहरु यतिबेला खुशी र तनाव दुवैमा देखिन थालेका छन् । वर्षको एक पटक तिहारमा मात्र अत्यधिक फूलको व्यापार हुने तर त्यो भन्दा अघि–पछि फूलको कुनै कारोबार नहुने भएपछि किसानहरुमा हर्ष र विस्मातको स्थिति आएको हो […]

बाँकेमा दैनिक करिब दुई लाख लिटर दुध उत्पादन

नेपालगन्ज। बाँके जिल्लामा दैनिक करिब दुई लाख लिटर दुध उत्पादन हुने गरेको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेका अनुसार जिल्लामा दैनिक एक लाख ९८ हजार ७ सय ८० लिटर दुध उत्पादन हुन्छ । दुधबाट बाँके जिल्ला आत्मनिर्भर हुन थालेको पशुसेवा कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार दुध उत्पादन बढेपछि भारतबाट आउने दुधको माग […]

नवलपरासीमा यसवर्ष धानको उत्पादन बढ्यो

नवलपरासी। यस वर्ष नवलपरासीमा धान उत्पादन बढ्ने भएको छ। जिल्ला कृषि कार्यालयले जिल्लामा यस वर्ष जिल्लामा २० देखि २५ प्रतिशतसम्म उत्पादन बढ्ने जनाएको छ। प्रशस्त पानी परेको, समयमा बिउ र मल उपलब्ध भएका कारण धान उत्पादन बढेको कृषि कार्यालयका बाली विकास अधिकृत श्रीधर पौडेलले जानकारी दिए। नवलपरासीमा मनसुली, सावित्री तथा अन्य उत्नत जातका धानको धेरै […]

पुष्प व्यवसायबाट आम्दानी

पोखरा । पोखरा उपमहानगरपालिका– १७ बिरौटाकी मन्जिता भण्डारीले भाडामा लिएको ६ रोपनी जग्गामा लगाएकोे फूलखेतीबाट मनग्य आम्दानी गर्दैआएकी छन् । असोज महीनाको दोस्रो सातायता उनले फूल बिक्रीबाट रू. ५० हजार आम्दानी गरेकी छन् । रू. सात लाख कमाउने भण्डारीको लक्ष्य छ । फूलखेती गर्न उनले रू. दुई लाख ५० हजार खर्च गरेकी छन् । तिहारलाई […]

“बंगुर , बाख्रापालन अनि तरकारी खेतीले नयाँ संभावना देखायो “

रामेछाप । रामेछाप जुनार र तरकारी उत्पादनको पकेट क्षेत्र भनेर चिनिन्छ । तर हरिबहादुरतामाङले सुरु गरेको बंगुर र बाख्रा पालन अनि तरकारी खेतीले नयाँ संभावना देखाएको छ । गाउँमा खेतीपाती गर्ने सबैलाई उत्पादन गरेका बस्तुको बजार खोज्न निक्कै धौ धौ पर्छ तर रामेछापको ओखे्रनीका हरिबहादुरलाई कुनै समस्या छैन । उहाँले बंगुर पाल्नुभएको छ । उहाँलाई […]

रुद्राक्षको माग बढ्दो

म्याग्दी। हिन्दूहरुको धार्मिक आस्थाका रुपमा रहेको रुद्राक्षले अलौकिक शक्ति प्रदान गर्नुका साथै आयुर्वेदिक औषधिमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने थाहा पाएपछि यसको माग बढ्दै जान थालेको छ । धार्मिक अवसरमा रुद्राक्षको माला धारण गर्ने, जपतप आदि गर्दा पनि रुद्राक्षको धारण गर्ने प्रचलन रहेको छ तर, औषधिका रुपमा पनि यसको प्रयोग हुन्छ भन्ने विषयमा अधिकांश मानिस […]

काउली खेती प्रबिधी

काउलि नेपालको लागि ज्यादै प्रचलित तरकारी हो। यसको उत्पत्ती साईप्रस भु-मध्य सागरिय क्षेत्र युरोपको दक्षिणी भागमा भएको र भारतीय मुगलकालमा भारतमा आएको र भारतबाट नेपाल भित्रिएको बिज्ञहरुको भनाइ छ। काउली तीन भागमा खेती गर्न सकिन्छ। १) अगौटे २) मध्यमौसमी ३) पछौटे हावापानी काउली एक हिउदे तरकारी खेती हो। यो भन्दागोभी सरह ज्यादा गर्मी सहन सक्दैन। […]

दशैंमा मासु खाँदा सावधान

काठमाडौं । दशैंको रौनक घरसम्म आइपुगेको छ । दशैंका लागि घरजाने क्रम शुरु भएको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दशैंमा खानपानको पनि उत्तिकै महत्व छ । दशैं भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ । दशैंमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् । तर दशैंमा मासु र अन्य खानेकुरा खाँदा बिरामी […]