अर्थ/बजार

दाना उद्योगले उत्पादनमा एन्टिबायोटिक मिसाएको भन्दै अनुगमन गर्न माग

ललितपुर। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यले पशुपक्षीको दाना उत्पादन गर्ने उद्योगको तत्काल अनुगमन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । सो सम्बन्धी कार्यदलको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्य राधा ज्ञवालीले पशुपक्षीको दानामा मित्रुजीवनाषक औषधि (एन्टिबायोटिक) को प्रयोग भएको गुनासो आएकाले अनुगमन गर्न सरकारको ध्यानाकर्षण गरेकी हुन् । कृषि नियमावली २०५१ ले दानाको गुणस्तर […]

अनुदानको मलमा मनपरी मूल्य

धनगढी। कैलालीका सहकारी संस्थाले सरकारको अनुदानको रासायनिक मलको मूल्य मनोमानी ढंगले तोकेर किसानलाई बिक्री गरिरहेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले मलको कारोबारबारे गरिएको स्थलगत अनुगमनका क्रममा जिल्लाका कतिपय सहकारी संस्थाले मनोमानी ढंगले मलको मूल्य निर्धारण गरी बिक्री गरिरहेको पाइएको जानकारी दिएका हुन् । कर्पोरेसनको अनुगमन टोलीले दुई दिनअघि […]

सिमीले मूल्य नपाउँदा किसान चिन्तीत

सिञ्जा। जुम्लामा उत्पादित जैविक सिमीले उचित मूल्य नपाउँदा किसान चिन्तामा परेका छन् । जिल्लाका दूरदराजका क्षेत्रमा उत्पादन भएको सिमीले मूल्य नपाएको हो । अहिले जिल्ला सदरमुकाम आसपासका क्षेत्रमा सिमी प्रतिकिलो रु. १२० मा बिक्री भइरहेको छ । गाउँका किसानले भने बढीमा रु १०० मा बेच्ने गरेका छन् । तातोपानी गाउँपालिका–२ कि बेलु चनाराले व्यापारीले आफूलाई […]

सामाजिक सुरक्षा कार्यक्रम लागू नगर्ने चिया उत्पादकको घोषणा

काठमाडौं। चिया उत्पादक संघले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न नसकिने घोषणा गरेको छ । संघका अध्यक्ष सुरेशकुमार अग्रवालले बुधबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा अन्य क्षेत्रमा जस्तो सजिलो नभएको भन्दै चिया उद्योगमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न नसकिने बताए । सरकारले कही हप्ताअघि सबै श्रमिकका लागि भन्दै प्रधानमन्त्री केपी […]

कृषि ब्यवसाय गर्न ऋण चाहियो ? एनएमबी बैंकले धितो नभएपनि दिने भयो यी ७ प्रकारका कर्जा

काठमाडौं। एनएमबि बैंक लिमिटेडले बचतकर्ता र साना व्यवसायीलाई लक्षित आकर्षक बचत र कर्जा योजना ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरी ८ प्रकारका लघुकर्जा विनाधितो प्रदान गर्ने र त्यसको व्याजदर सस्तो हुने जनाएको छ । त्यस्तै, एक हजार रुपैयाँ बचत गरी खोलिने सरल बचत खातामा ७ प्रतिशत व्याजसहित बचतकर्ताको १० लाख रुपैयाँ बीमा हुने […]

सुनकोशीको पानीले तराईका एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गरिन्छ – मन्त्री पुन

गौर। ऊर्जा जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुनले सुनकोशीको पानीले तराई क्षेत्रमा सिँचाइ गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन् । नारायणी नहर, बकैया र वाग्मती बाँध, पतौरा शवस्टेशन तथा मौलापुर विद्युत् शाखाको निरीक्षण पछि रौतहट कटहरियामा आज आयोजित जनसभामा उनले भने, सुनकोशीको पानीले तराईका एक लाख २२ हजार हेक्टर जग्गामा सिँचाइ गर्ने योजना सरकारले […]

नेपाली अर्गेली जापान निर्यात

फिदिम। जापान निर्यात हुने अर्गेलीको माग उच्च रहे पनि मागबमोजिमको कच्चा पदार्थ निर्यात हुन सकिरहेको छैन् । पाँचथरको फालेलुङको दाजुभाइ जडीबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्था लिमिटेडको अगुवाइमा उत्पादित अर्गेली गत वर्षबाट जापान निर्यात हुन थालेको हो । जापानी नोट ‘येन’को छपाइमा प्रयोग हुँदै आएको अर्गेलीको माग उच्च भएसँगै यसको व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण भने […]

चियाखेतीको पनि बीमा

काठमाडौं। किसानले अब चियाखेतीको पनि बीमा गर्न पाउने भएका छन् । बीमा समितिले ‘चियाखेती बीमालेख’ लागू गरेपछि किसानलाई उक्त खेतीको बीमा गर्ने बाटो खुलेको हो । समितिले ‘बाली तथा पशुपक्षी बीमा निर्देशन–२०६९’ अनुसार उक्त बीमालेख लागू गरेको हो । समितिको सञ्चालक समितिले बुधवार नै उक्त बीमालेखलाई पारित गरिसकेको छ । समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण […]

चार हजार तीन सय विपन्न कृषकलाई बिना धितो ऋण दिइने

ललितपुर। विपन्न समुदायलाई उद्यमशील बनाउन चार हजार ३०० कृषक एवं महिला उद्यमीलाई बिना धितो ऋण प्रवाह गरिने भएको छ । बेलायती सहयोग नियोग (युकेएड) सक्षम परियोजना, हेफर इन्टरनेशनल र माछापुच्छे« बैंकबीच यससम्बन्धी सम्झौतापत्रमा  हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हेफरका राष्ट्रिय निर्देशक डा शुभनारायण महतो, युकेएड सक्षमका कार्यक्रम संयोजक निर्मल दाहाल र बैंकका प्रमुख कार्यकारी अधिकृत […]

१७ करोडको स्याउ निर्यात

जुम्ला। जुम्लाबाट १७ करोडबराबरको स्याउ निर्यात भएको छ । यहाँका व्यापारीले १७ करोड बढीको स्याउ बाहिरी जिल्लामा निर्यात गरेका हुन् । यो वर्ष स्याउ बेचेर जिल्लाका कृषकले पाँच हजारदेखि १० लाखसम्म आम्दानी गरेका छन् । जिल्लामा झन्डै ३४ सय टन स्याउ उत्पादन भएको थियो । अहिलेसम्म २३ सय टन बढी स्याउ निर्यात भइसकेको छ । […]