अर्थ/बजार

एक लाखलाई रोजगारी दिने सरकारको योजना, कति पाउँछन् तलब ?

ललितपुर। सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म एक लाखभन्दा बढी नागरिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने तयारी गरेको छ । वैदेशिक रोजगारीलाई विकल्पका रुपमा लिएको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जना गरी युवालाई आफ्ना गाउँघरमै रोजगारी दिन लागेको हो । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गरी रोजगारीका अवसर सिर्जना गर्न सरकारले […]

अण्डाको मूल्य बढ्दा कृषकलाई राहत, नयाँ मूल्य निर्धारण

भरतपुर। अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा विक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक संघको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो । संघका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रू. २५० तथा मध्यमखालको अण्डा प्रतिक्रेट रू. १८० तोकिएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रू. २०० […]

आकाशियो तरकारीको मूल्य

ललितपुर। काठमाडौंमा तरकारीको मूल्य दिनानुदिन बढ्दै गएको छ। आफैंले उत्पादन गरेको तरकारी भन्दा पनि आयातको तरकारीको मूल्य आकाशिदै गएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मातहतमा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक गर्ने गरेको अपडेट अनुसार एक हप्तामै तरकारीको मूल्य ह्वात्तै बढेको छ। गत हप्ता शुक्रबारको तुलनामा यो हप्ता तरकारीको मूल्य बृद्धिदर […]

नेपाली चिनी बिक्रि भएन

नवलपरासी। नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडौं मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ । पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी […]

चिनी आयातको बन्देज अवधि लम्बियो

ललितपुर। विदेशबाट गरिने चिनी आयातमा सरकारले लगाएको परिमाणात्मक बन्देज असार मसान्तसम्म लम्बिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भई गत वर्ष असोज २ गतेदेखि लगाइएको बन्देजको अवधिलाई २०७६ असार मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो । योसँगै अब थप तीन महीनासम्म विदेशबाट चिनी आयात गर्न नपाइने भएको छ । चिनी उत्पादक संघको […]

वार्षिक सवा तीन अर्बको चिया निर्यात, चिया मजदुरको समस्या सधैं यथावत

काठमाडौँ । मुलुकमा झण्डै रु नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पु¥याएको छ । आर्थिक वर्ष २०७४/७५ मा रु तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६८५ मेट्रिकटन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । […]

आलु महोत्सव सम्पन्न, २५ लाखको कारोबार

पोखरा। कास्कीको हेम्जामा आयोजना भएको दशौं राष्ट्रिय हेम्जा आलु महोत्सवमा २५ लाख मूल्य बराबरको आलुको कारोबार भएको छ । ‘सुन्दर गाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिवार खाऊँ, आलु एक परिवार अनेक’ भन्ने मुख्य नाराका साथ आयोजित महोत्सवको अवलोकनमा आउने अधिकांश दर्शकले आलु खरीद गर्दा उक्त कारोबार भएको हो । गत चैत २२ देखि वैशाख १ […]

गर्ने हैन अलैंचीको बीमा

ललितपुर। बीमा समितिले अलैंची खेतीलाई पनि बीमामा समेटिएको छ । अलैंची को बीमा गर्न न्यूनतम ३०० बोट (गाँजा) हुनु पर्ने बीमा समितिले जनाएको छ । यस्तोे बीमा बिरुवा रोपिएको वर्षदेखि १६ वर्षसम्म गर्न सकिन्छ । किसानका अनुसार अलैंचीले बढीमा लगाएको ३६ वर्षसम्म उत्पादन दिन सक्छ । यही उत्पादन अवस्थालाई हेरेर बढीमा १६ वर्षसम्म बीमा गर्न पाउने […]

डीडीसीले कारखानाको क्षमता बिस्तार गर्ने

विराटनगर। ‘मिल्क होलिडे’बाट पीडित किसानलाई राहत दिन प्रदेश १ सरकारले पाउडर दूध कारखाना खोल्ने भएको छ । दैनिक ६० हजार लिटर दूधको पाउडर बनाउने कारखाना खोलेपछि किसानहरुले ‘मिल्क होलिडे’ को समस्या भोग्न नपर्ने प्रदेश सरकारको विश्वास छ । त्यसको लागि कुल १० करोड बजेट छुट्याएको छ । पहिलो चरणमा दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगरस्थित […]

किसानलाई अनुदानै अनुदान

चितवन। माडी नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिन शुरु गरेको छ । चालू आर्थिक वर्षको साउनयता दुग्ध सहकारीमा बिक्री गरेको दूधको चौमासिक रुपमा कृषकलाई अनुदान दिन शुरु गरिएको हो । नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार पहिलो चौमासिकको रु १८ लाख ६६ हजार अनुदान किसानलाई वितरण गरी सकिएको छ । दोस्रो चौमासिकको तथ्याङ्क सङ्कलन […]