अर्थ/बजार

कर र कानुनी झन्झटले देशभरका कपास उद्योग सङ्कटमा

भक्तपुर । उद्योगमैत्री वातावरण नहुँदा देशभरका कपास उद्योग सङ्कटमा परेको कपास उद्योगीले बताएका छन् । भक्तपुरमा आज आयोजना गरिएको नेपाल कपास व्यवसायी सङ्घको प्रथम साधारणसभामा फोहरबाट मोहर बनाउने कपास उद्योग सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा व्यवसाय नै धरापमा परेको उद्योगीले बताएका हुन् । तीन तहका सरकारले कर लगाउने र दर्ताबिना नै घुम्ती सेवा दिने उद्योग मनपरी […]

कृषि ऋण ७ दिनभित्र उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

ललितपुर। नेपाल राष्ट्र बैैंकले कृषि क्षेत्रको कर्जामा बैंक तथा वित्तीय संस्थालाई कडा निर्देशन दिएको छ । मौद्रिक नीतिमा भएको व्यवस्थाबमोजिम राष्ट्र बैंकले सोमबार सूचना निकालेर १५ लाख रुपैयाँसम्मको कृषि ऋण माग भएको ७ दिनभित्रै उपलब्ध गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । यदि ऋण दिन नमिल्ने भएमा के […]

एक वर्षमैं चार अर्बको अलैँची निर्यात

ललितपुर। नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ। आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट रु चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए। अधिकांश अलैँची नेपालको पूर्वी […]

व्यावसायिक फूलखेतीमा रमेका राजेशकुमार गुप्ता

पाल्पा। तानसेन नगरपालिकाको प्रभासस्थित रक्साहामा गरिएको व्यावसायिक फूल खेतीप्रति यतिबेला सबै लोभिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी राजेशकुमार गुप्ताले नर्सरीमा दुई दर्जनभन्दा बढी फूलको व्यावसायिक उत्पादनले फूलखेतीप्रति लोभिएका छन् । प्लाष्टिक घरभित्र रङ्गी विरङ्गी फूल फुलिरहेका दृश्यले त्यहाँ पुग्ने लालयित हुन्छन् । प्रायः मानिस फूलसँग झुमिन रुचाउँछन् । फूल टिपिहाल्ने, त्यसको सुगन्ध लिन मानिस […]

तरकारी तथा फलफूल बोकेको ४० ट्रक नेपाल प्रवेशमा रोक

बाँके। नेपाल–भारत सीमा नाकामा ४० भन्दा बढी ट्रकलाई दुई दिनदेखि नेपाल प्रवेशमा रोक लगाइएको छ । नेपालतर्फको नाका जमुनाहामा मात्रै १७ वटा ट्रक रोकिएका छन् भने भारतीय सीमा नाका रुपैडिहामा २५ भन्दा बढी ट्रक रोकिएका नेपालगञ्जका व्यवसायीहरुले बताएका छन् । भारतबाट तरकारी र फलफूल बोकेर नेपाल भित्रिँदै गरेका ट्रक सीमामै रोकिएका नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख […]

अदुवा कम्पनीको फाईल अख्तियारले अगाडी बढायो

स्याङ्जा। एक जिल्ला एक उत्पादनका लागि दुई निकायबाट अनुदान रकम लिएपछि अख्तियारमा उजुरी परेको वालिङ अदुवा तथा कृषि उपज प्रशोधन उद्योग प्रालिको फाईल छानविनका लागि अगाडी बढेको छ । २०७३ साल जेठ १३ गते सचिवस्तरको निर्णय अनुसार दोहोरो लगानी सम्वन्धमा आवश्यक कारवाहि गरिदिन भन्दै कृषि विकास मन्त्रालयले अख्तियारमा दर्ता गराएको उजुरीको फाईल बल्ल अगाडी बढाएको […]

धान धितो राख्नुहोस बैंकबाट ऋण लानुहोस

ललितपुर। सरकारले कृषि उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकलाई प्रोत्साहन गर्न बाली धितोमा पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण दिने व्यवस्था मिलाउन सरकार लागिपरेको छ । मन्त्रिपरिषदले हालै स्वीकृत व्यापार घाटा न्यूनीकरणसम्बन्धी कार्ययोजनामा बाली धितोमा बैंक तथा वित्तीय संस्थाबाट ऋण पाइने व्यवस्था मिलाउने भनिएको छ । ‘बाली धितो राखी ऋण […]

सहुलियत कर्जा, ९९ प्रतिसत कृषि र पशुपंक्षीमा

ललितपुर। सरकारले आन्तरिक उत्पादनमा सहयोग पुग्ने तथा रोजगारी सिर्जना गर्न सुरु गरेको सहुलियत ब्याजदरको कर्जा कृषि तथा पशुपन्छी व्यवसायमा मात्र केन्द्रित भएको पाईएको छ । सरकारले विभिन्न ७ शीर्षकमा सो कर्जा दिने भए पनि सहुलियत ब्याजदरको कुल कर्जामा ९९ प्रतिशतभन्दा धेरै व्यावसायिक कृषि तथा पशुपन्छीमा प्रवाह भएको हो । सरकारले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, […]

यार्सा सङ्कलनका लागि १६ नाका खुला

सुर्खेत। बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि डोल्पा र मुगु जिल्लाका १६ नाका खुला गरिएको छ । यार्सागुम्बा सङ्कलनलाई व्यवस्थित गराउन डोल्पाका १४ र मुगुका दुई नाका खुलाइएको हो । माथिल्लो डोल्पा, सुन्दवा, छेप्का, धो, साल्दांग, भिजेर, तोइजुम, त्रिपुराकोट, खालीवन, डोल्फू, किर्मी, पलङ्ग, रिग्मुलगायतका नाकाबाट यार्सा सङ्कलकलाई प्रवेश अनुमति दिएको छ । तीमध्ये धो, सुलिगाड […]

निकासी नहुँदा धराशायी बन्दै जडीबुटी व्यावसाय

नेपालगञ्ज। भारतले क्वारेन्टाइनसम्बन्धी नयाँ नीति लागू गरेपछि नेपाली जडीबुटी व्यावसाय धराशायी बन्दै गएको छ । नेपाल सरकारले भारतसँग उच्चस्तरमा कुरा नगरिदिँदा जडीबुटी व्यावसाय नै धराशायी भएको व्यवसायीले बताएका छन् । भारतले बोट बिरुवा र तिनका अंशको आयातलाई व्यवस्थित गर्न विरुवा क्वारेन्टाइनसम्बन्धी आदेश २००३ जारी गरी सोको अनुसूची ७ मा सूचीकृत जडीबुटीमात्रै निर्यात गर्ने जनाएपछि नेपालबाट […]