अर्थ/बजार

च्याउखेतीको बीमा गर्ने हो ? आउनुहोस यसबारे एक्कै छिन् जानकारी लिऔं

पछिल्लो समय च्याउको व्यवसायिक खेति प्रति किसानहरुको आर्कषण बढ्दो छ । किसानहरुको लगानी पनि बढ्दै गएको छ । हरेक व्यवसायमा जस्तै यो व्यवसायमा पनि उतिकै जोखिम हुन्छ । त्यसैले बीमा समितिले च्याउ खेती बीमालेख जारी गरेको छ । यस बीमालेखले विभिन्न कारण च्याउ खेतीमा हुने हानी, नोक्सानी वा क्षतिको आर्थिक सुरक्षा प्रदान गर्छ । बीमा […]

चाडबाड नजिकिएसंगै बढ्यो तरकारीको मूल्य

ललितपुर। सोह्रश्राद्ध लागेपछि अधिकांश तरकारीको भाउ महँगिएको छ। कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले दैनिक सार्वजनिक गर्ने मूल्य सूचीको आधारमा अधिकांश तरकारीको भाउ बढेको देखिएको हो। अघिल्लो साता सार्वजनिक भएको मूल्य सूचीको आधारमा तरकारीको मूल्य सोमबार बढेको छ। समितिका अनुसार ४३ प्रकारका तरकारीमध्ये २८ तरकारीको मूल्य बढेको छ। सबैभन्दा बढी रायोको सागको मूल्य ९३ […]

विस्थापित हुँदैं अण्डा व्यवसायी

चितवन। विगत दुई वर्ष यता अण्डाको मूल्यले खर्च धान्न नसकेपछि व्यावसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार निर्धारण गरिएको मूल्यमा अण्डा बिक्न सकेको छैन । संघले ठूलो […]

किसानलाई एक वर्षमा ४३ करोड वितरण

बुटवल। प्रदेश ५ सरकार अन्र्तगतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मतहतका निर्देशनालय, कार्यालय तथा स्थानिय तहको संमन्वयमा एक बर्षमा ४३ करोड रुपैयाँ अनुदान स्वरुप किसानलाई वितरण गरिएको छ। कृषि तथा पशुपालन क्षेत्रमा किसानहरुलाई उत्साहित गराउने उदेश्यका साथ प्रदेश सरकारले उक्त ४३ करोड रुपैयाँ अनुदान स्वरुप किसानालई प्रदान गरेको हो । आर्थिक बर्ष २०७५/०७६ मा […]

अलैँचीमा रोगको सङ्क्रमण, उत्पादन गत वर्षभन्दा आधा कम

इलाम। राम्रो आम्दानी लिइरहेको अलैँची पछिल्लो समय फेरि मर्न थालेपछि किसान चिन्तित देखिएका छन् । अलैँचीमा फेरि रोग लागेर राम्रो फल दिन छाडेपछि किसान चिन्नित बन्न पुगेका हुन् । केही वर्ष अघि पनि यस्तै रोगले आक्रमण गरेपछि किसानले फेरि अलैँची खेती गरेका थिए । रोगले सङ्क्रमण गरेपछि नयाँ जात र नयाँ ठाउँमा अलैँची रोपे पनि […]

प्रदेश १ सरकारको कृषि अनुदान कार्यक्रम, यसरी दिनुहोस आवेदन सम्पूर्ण जानकारी सहित

ललितपुर। प्रदेश नं.१ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रोटेक्टेड हर्टीकल्चर प्रवर्द्धन र प्रविधि विस्तार गर्न, कृषि पर्यटन प्रवर्द्धन गर्न र चिया विस्तार एवं चिया कारखाना उद्योग प्रवर्द्धन गर्नका लागि अनुदान दिने भएको छ। मन्त्रालयले इच्छुक सहकारी संस्था र व्यावसायिक फर्म, कम्पनी, निजी उद्यमीलाई सम्बन्धित कार्यालयमा निवेदन बुझाउनका लागि आव्हान गरेको छ। कति छ […]

पशुपालक किसानलाई अनुदानमै ६ करोड वितरण

ललितपुर। प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपालक किसानलाई गत एक वर्षमा रु छ करोड ५२ लाख अनुदान दिएको छ । पशुपालन व्यवसायको प्रवद्र्धन र विकासका लागि मन्त्रालयले दूध उत्पादक किसानलाई अनुदान, बधशाला निर्माण, दाना उद्योग सञ्चालन आदिका लागि रु छ करोड ५२ लाख वितरण गरेको हो । मन्त्रालयले दूधमा अनुदानस्वरुप […]

बढ्यो दूधको मूल्य

ललितपुर। सरकारले दूधको मूल्यमा ६ रुपैयाँले वृद्धि गरेको छ । बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको दूग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले जानकारी दिए । महाप्रवन्धक घिमिरेका अनुसार मूल्य वृद्धि गर्ने फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी छ । संस्थानले पेश गरेको दूधको मूल्य बढाउने फाइल कृषिमन्त्री चक्रपाणि खनालले […]

तालीम सहित अनुदान लिने अवशर

ललितपुर। रेशम खेती कार्यलय बन्दीपुर हाल पिंढी बिजकोया श्रोत केन्द्रले आर्थिक वर्ष ७६ /७७ को कार्यक्रम अनुशार किम्बु खेती, रेशम किरा पालन तथा मौरीपाल र च्याउ खेतीका लागि आधुनिक प्रविधि सिकाउनुका साथै अनुदान वितरण गर्ने भएको छ । केन्द्रले सूचना प्रकाशित गरी ईच्छुक कृषक , समुह, सहकारी वा गैर सरकारी संस्थामा व्यक्तिलाई भदै मसान्त सम्म […]

जुम्लामा ६ हजार मेट्रिकटन स्याउ फल्ने अनुमान, स्याउ टिप्न किसानलाई भ्याइनभ्याइ

सिञ्जा। कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएकी छिन् । उनीहरू दुवैको बारीमा करीब १५० स्याउका बोट छन् । लिपु र माया मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई […]