किबी खेतीप्रति किसानको आर्कषण, बिरुवा विक्रीबाटै वार्षिक १५ लाख आम्दानी
खोटाङ। पछिल्लो समय जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका छन् । बजारमा उपभोक्ताको बढ्दो माग र कम मेहनतमै पर्याप्त उत्पादन हुने भएपछि जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका हुन् । विसं २०६८ बाट किबीको व्यावसायिक खेती शुरु गरिएको जिल्लामा अहिले अधिकांश क्षेत्रका कृषकले आ–आफ्नो क्षेत्रमा व्यावसायिक खेती शुरु गरेका छन् । […]