कौसीखेती गर्नेलाई अनुदान

ललितपुर। ललितपुरको कृषि ज्ञानकेन्द्रले कौसीखेती प्रवर्द्धनका लागि अनुदान दिने भएको छ । केन्द्रले न्यूनतम २ हजार घरधुरीलाई १० हजारदेखि २५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउने योजना बनाई कार्यक्रम संचालनमा ल्याएको हो। केन्द्रले चालू आव ०७६/७७ को बजेट कार्यक्रमको लागि २ करोड रुपैयाँ छुट्याएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रांगारिक कौसीखेती प्रवर्द्धन कार्यक्रम […]

पौष्टिक तथा स्वादिष्ट घाँस कामधेनु लगाउने तरीका र उपयोगिता

पशु सम्बन्धी रोग , आहारा र घासँ सम्बन्धी नयाँ नयाँ अनुसन्धान तथा अनुगमन गर्ने उद्धेश्यका साथ राष्ट्रिय पशु विज्ञान अनुसन्धानको स्थापना भएको हो । अहिले यो अनुसन्धान साखाले कामधेनु घाँसको अनुसन्धान गरिसकेको छ । कामधेनु घाँस कस्तो घाँस हो यो कतिको फाइदाजनक छ भन्ने बिषयमा राष्ट्रिय पशु बिज्ञान अनुसन्धानको सुचना अधिकृतको रुपमा आबद्ध झमक पौडेल […]

झापा जिल्ला तोरीमा आत्मनिर्भर

भद्रपुर। कृषिका लागि उर्वर झापा जिल्ला यो वर्षदेखि तोरीमा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रले बताएको छ । तोरी खेतीतर्फ निजी तथा सहकारी खेतीको आकर्षण बढेसँगै उत्पादन बढ्ने भएकाले यो वर्षदेखि झापा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेल बताउँछन् । उनका अनुसार गत आव २०७५/ ७६ मा झापामा २ हजार ६४० हेक्टरमा तोरी खेती […]

धान खरीद गर्न बन्द गरेपछि किसान मर्कामा

वीरगञ्ज। नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले धान खरीद गर्न बन्द गरेपछि किसान निराश भएका छन् । कार्यालयले एक सूचना प्रकाशित गरी माघ १० गतेदेखि धान खरीद गर्न बन्द गरेपछि धान बेच्न आउने किसान निराश भई घर फर्किन बाध्य भएका हुन् । एकाबिहानै ट्रयाक्टरमा धान लिएर वीरगञ्जको मुर्लीस्थित […]

गोब्रे अर्थात (डल्ले) च्याउ खेती गर्ने बेला हुन लाग्यो है

गोबर भएको ठाउँमा उम्रने भएकाले च्याउको यो प्रजातिलाई गोब्रे च्याउ भनिएको हो । यो च्याउ चिसो हावापानि भएको ठाउँमा उम्रने भएकाले यसलाई पहाड, उपत्यका वा तराईमा मौसम अनुसार खेती गर्न सकिन्छ । हुन त बतानुकुलित कोठाहरुमा पनि यसको खेती बाह्रै महिना गर्न सकिन्छ । तर यसका लागि नेपाली लगानी धेरै गर्नुपर्ने भएकाले नेपालमा अहिले सम्म […]

ललितपुरमा चौथो प्राङ्गारिक कृषि मेला–२०७६ हुँदै

ललितपुर। अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा यही माघ १७ गतेदेखि माघ २० गतेसम्म ललितपुरमा चौथो प्राङ्गारिक कृषि मेला–२०७६ को आयोजना गरिने भएको छ । चार दिनसम्म चल्ने उक्त मेला पाटन संग्राहलय, ललितपुरमा गरिने आयोजकले जानकारी दिएको छ । मेलाको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले गर्ने कार्यक्रम रहेको […]

इलाममा डेरी उद्योग फस्टाउँदै

इलाम। इलाम नगरपालिका–८ का मिलन खत्रीले २०७४ सालमा सेतो पहाड नामक डेरी उद्योग स्थापना गर्नुभयो । विद्यार्थी राजनीतिमा सक्रिय खत्रीले शुरुमा रु एक लाख ५० हजारको लागतमा स्थापना गर्नुभएको उद्योगमा हाल रु एक करोड ३० लाख लगानी भइसकेको छ । स्थापनाका समयमा करिब १०० लिटरसम्म दूध प्रशोधन गर्न थाल्नुभएका खत्रीले हाल दैनिक एक हजार ६०० […]

अल्लोबाट बनेको कोटको माग उच्च

नौमुले। मालिका अल्लो प्रशोधन उद्योगलाई बजारको मागलाई पूरा गर्न मुस्किल परेको छ । गतवर्षदेखि रु १३ लाखको लागतमा नौमुले गाउँपालिकामा सञ्चालनमा आएको सो उद्योगमा आधुनिक गुणस्तरीय प्रशोधन उपकरणको अभाव र धागो उत्पादनमा गति नहुँदा बजारको मागलाई धान्न नसकेको हो । काठमाडौँ, भक्तपुर, पोखरालगायतका शहरदेखि अल्लोका कपडाको माग बढिरहेको सञ्चालक पदमबहादुर खडकाले जानकारी दिनुभयो । उहाँले […]

चिनी निकासीमा किसानको अवरोध

सर्लाही। सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिमबाट चिनी निकासी गर्न किसानले अवरोध गरेका छन् । उद्योगीले सरकारलाई गत वर्षको चिनी बिक्री गरेपछिमात्र भुक्तानी दिने भनेपछि किसानहरुले भने अवरोध गरेका हुन् । शनिबार बिहान स्थानीय प्रशासनसँग समन्वय गरी उद्योगको चिनी बिक्रीका लागि अन्यत्र सार्ने तयारी गरिएको थियो । तर, किसानले गत वर्ष पनि उद्योगीको तर्फबाट यस्तै […]

३८ प्रतिशत मुक्त हलियाको पुनःस्थापन अझै भएन

कन्चनपुर। राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले लुथरन विश्व फेडरेशनको आर्थिक एवम् प्राविधिक मुक्त ‘हलियाको एकीकृत तथ्याङ्क पुस्तिका २०७६’ लाई प्रकाशनमा ल्याएको छ । विभिन्न स्थानीय तहले सङ्कलन गरी पठाएका तथ्याङ्कलाई दस्तावेजका रूपमा राख्न र ती तहलाई मार्गदर्शनका रूपमा रहने गरी पुस्तिका प्रकाशन गरिएको सम्पादक हरिसिंह बोहराले जानकारी दिनुभयो । “पुस्तिकामा स्थानीय तहले सङ्कलन गरी […]