बंगलादेशबाट मल ल्याउने तयारी अन्तिम चरणमा
ललितपुर। बंगलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी (लेटर अफ क्रेडिट) अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको सुरुवात हुनेछ । कृषि सामग्री कम्पनीले आइतबार बैंकमार्फत एलसीका लागि प्रक्रिया सुरु गरिसकेकाले अर्को हप्ताबाट मल ढुवानी थालिने बंगलादेशस्थित नेपाली राजदूत डा वंशीधर मिश्रले जानकारी दिए । […]