तरकारी किन्न घरमै पुग्छ गाडी

तम्घास। गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमिचौरकी भगभता कुँवर आफ्नै करेसाबारीमा फलेका खुर्सानी टिपेर सिमिचौरको बासखर्क आए । उनले आफ्नै करेसाबारीबाट टिपेर ल्याएको खुर्सानी खरिद गर्न रेसुङ्गा नगरपालिकाको गाडी त्यस स्थानमा पुगेको थियो । नगरपालिकाले तोकेको दरभाउअनुसार आधा किलो खुर्सानीको उनले रु. ७० पाउने भए । “खुर्सानी, केराउका मन्टा, रायो साग, पिँडालुलगायतका तरकारी नगरपालिकाले खरिद गरिदिन्छ”, उनले […]

किसानको उत्पादनमा बिचौलिया हाबी

झापा। किसानले उत्पादन गरेको ताजा तरकारी बिचौलियाको चलखेलका कारण उपभोक्ताले दोब्बर मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् । झापाको भद्रपुर र अर्जुनधारामा व्यावसायिक रुपमा बेमौसमी लहरे तरकारी उत्पादन गर्दै आएको मामा भाञ्जा कृषि फार्ममा प्रति केजी रु. ३० का दरले फर्सी र रु. ४० ले बोडी बिक्री भइरहेको छ तर फार्मभन्दा केही किलोमिटर टाढा […]

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाउन आग्रह

ललितपुर। कृषि तथा पशुपक्षी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सातवटा सीमा नाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे कुखुराजन्य वस्तुको […]

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा किसानलाई तरुल खन्न चटारो

सर्लाही। सर्लाहीको पश्चिम क्षेत्रका किसानलाई तरुल खन्ने र बेच्ने चटारो परेको छ । गत वर्षको भन्दा यस वर्ष तरुलको मूल्य राम्रो भएकाले चाँडै तरुल खनेर बिक्री गर्न किसानलाई हतार भएको हो । व्यापारीले व्यावसायिक रुपमा तरुल खेती गरिएका किसानको खेतबारीमै पुगेर तरुल खरिद गर्न थालेपछि उनीहरु उत्साहित भएका हुन् । माघे सङ्क्रान्ति आउन एक हप्ता […]

असिनाले तरकारी खेतीमा क्षति

डोटी। जिल्लाका विभिन्न भागमा परेको असिनाले तरकारी खेतीमा क्षति पुर्‍याएको छ । असिनाले यहाँका किसानले लगाएको तोरी तथा तरकारीखेतीमा क्षति पुर्‍याएको छ । जिल्लाको आदर्श, सायल, पूर्वीचौकी, जोरायल गाउँपालिका, शिखर नगरपालिका तथा दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडामा मंगलबार, बुधबार परेको असिनाका कारण फुलेर कोशा लाग्ने अवस्थामा रहेको तोरी तथा साग–तरकारीमा निकै क्षति पुर्‍याएको किसानको भनाइ […]

कर्मचारी अभावमा बाजुराका वन्यजन्तुको चोरी सिकारी नियन्त्रणमा सकस

मार्तडी। मौसम बदलीसँगै जिल्लाको हिमाली भेगमा हिमपात भएपछि वन्यजन्तुको चोरी शिकारी बढ्न थालेको छ । यहाँका लेकाली क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी बढ्न थालेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ । भौगोलिक विकटताका कारण वन्यजन्तु मात्र नभई जडीबुटीसमेत चोरी निकासी हुने गरेको डिभिजन वन कार्यालय बाजुराका डिभिजलन प्रमुख कामु कालीराम चौधरीले बताएका छन् । उनका अनुसार […]

नेपालमा पहिलो पटक भैँसी विज्ञको महासभा हुने

ललितपुर। विश्वका भैँसीविज्ञको उपस्थितिमा दशौँ एशिया क्षेत्रीय भैँसीविज्ञको महासभा (दशौँ एशियन बफेलो कँग्रेस) नेपालमा हुने भएको छ । आगामी जेठ २० देखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो । एशियन बफेलो एशोसिएशन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल सरकार पशुसेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा महासभा हुन लागेको हो । महासभाको सहआयोजकमा […]

व्यावसायिक कृषिका लागि यान्त्रिकीकरण

विराटनगर। परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गरी व्यावसायिक कृषितर्फ उन्मुख गराउनका लागि विराटनगर महानगरपालिकाले कृषि यान्त्रिकीकरणलाई प्राथमिकतामा राखेको छ । यसका लागि महानगरपालिकाले किसानलाई रू. १० लाख सहयोग प्रदान गर्ने भएको छ । यो सहयोगमा कृषकले रू. १० लाख थपेर कृषि औजार रिपर खरीद गर्ने योजना बनाएको महानगरपालिकाका प्रमुख भीम पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले […]

कृषि विश्वविद्यालयमा रजिष्ट्रार, सेवा आयोगका अध्यक्ष र डिन नियुक्त

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्ट्रार, सेवा आयोगको अध्यक्ष र वन सङ्कायको डिन नियुक्त गरिएको छ । रजिष्ट्रारमा प्राडा शारदा थपलिया, सेवा आयोगको अध्यक्षमा प्राडा कल्याणी मिश्र त्रिपाठी र वन सङ्कायको डिनमा प्राडा बलराम भट्ट नियुक्त हुनुभएको हो । विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा […]

कोरोनाले जुराएको अवसर : विदेशबाट फर्केर सामूहिक तरकारी खेती

तम्घास। विश्व महामारीका रुपमा फैलिएको कोरोनाले धेरैको भविष्य अन्योल बनाए पनि गुल्मीका युवाले भने नयाँ सोचसहित सामूहिक तरकारी खेती गर्न थालेका छन् । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका रोजगारसमेत गुमेको बेला यहाँको रेसुङ्गा नगरपालिकाका युवा विदेशबाट फर्केर सामूहिक तरकारी तथा कृषि खेतीमा लागेका छन् । रेसुङ्गा नगरपालिक–१० सिमिचौरका ४० वर्षीय राजन कुँवर विगत १० […]