ललितपुर। दुग्ध प्रशोधन उद्योगहरूको छाता संस्था ‘डेरी उद्योग संघ’ को नयाँ नेतृत्व चयन भएको छ । बुधबार काठमाडौंमा सम्पन्न संघको १७ औं वार्षिक साधारण सभाले सुजल डेरी प्रा.लि.का सञ्चालक निरञ्जन श्रेष्ठको अध्यक्षतामा आगामी २ वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । साधारण सभाले निवर्तमान अध्यक्ष राजकुमार दाहाललाई पदेन सदस्यका रुपमा राख्दै नयाँ कार्यसमितिलाई पूर्णता दिएको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा आधुनिक डेरी प्रा.लि.का विश्वराज बस्नेत, महासचिवमा जय श्री कृष्ण डेरी प्रा.लि.का सुरज सापकोटा र कोषाध्यक्षमा संयुक्त डेरी फुड प्रा.लि.का कुलप्रसाद घिमिरे चयन भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा बीडीसी फूड तथा भवानी डेरी प्रा.लि.का देवरथ बराल, सैजु डेरी प्रा.लि.का जेनन सैजु, मदानी डेरी प्रा.लि.का माधव दाहाल, एनएमसी डेरी उद्योगका रामचन्द्र उप्रेती, पंचशिल डेरी प्रा.लि.का पुष्पराज बस्नेत र कालिका डेरी प्रा.लि.का शिवप्रसाद त्यात चयन भएका छन् ।