हरियाली नै हरियाली हुनेछ मेरो कृषि

 कृषि ले नै रच्ने छ मेरो नयाँ सृष्टि ।

 कृषिले बनाउने छ मेरो देश ,

कृषिले बदल्ने छ मेरो देश को भेश।।

अहिले चलेको समय भन्दा अलिक अगाडि बढेर हेरुम २०८९/९० सालमा नेपालले कृषिमा छुट्टै बाटो कोरिसकेको हुनेछ। मानिसहरू म कृषक हु भनेर ढुक्क साथ भन्न सक्छ्न। मेरा बुबा,काका,काकी मामा माइजू, छर छिमेक सबैले हो हामी कृषक हौं भनेर गर्व का साथ भन्न सक्नेछ्न। खाद्य अभावमा कोहि पनि हुने छैनन् ।

रोजगारी को सिलसिलामा कोहि पनि पलायन हुनु पर्ने छैन । युवाहरु कृषिमा लाग्ने छ्न। यहाँ सबै जनता र नेता बराबर हुनेछ्न। यहाँ जनताले ढुक्क भएर नेता चुन्ने छ्न। मेरो देशमा कृषि पर्यटन शिक्षा सबैको बिकास हुनेछ। राजनीतिक चलखेल भ्रष्टाचार देशबाट सकिसकेको हुनेछ। कृषि व्यवसायले नयाँ जोश र उर्जा दिनेछ। जनताको हितको निम्ति मात्र काम हुनेछ्न। मेरो देशले अरबौ रुपैयाँको खाद्य बस्तुको निर्यात गर्ने छ । आर्थिक रुपमा मेरो देश बिशाल हुने छ।

अहिले (२०७८)सालमा जस्तो कृषि समाग्री मल, बीउ बिषादी नपाएर म जस्तो कृषकले दुख खेप्नु पर्ने छैन। हरेक कृषकका घरघरमा मल बीउ बिषादी सरकारले पुर्याउने व्यवस्था हुनेछ। मेरो देश कृषिप्रधान देश हो भन्न म लज्जित हुनु पर्ने छैन। म जस्तै हामीले उत्पादन गरेका कृषि उपज बाहिर मुलुक भरी फैलिने छ। हाम्रो रैथाने जातका बीउ मात्र प्रयोग हुनेछन, हाइबृड जातहरु हाम्रै देशका रिसर्च स्टेसनले उत्पादन गर्ने छन। हरेक कृषकले आफू कृषिमा रमाइरहेको बताउने छन ।

हाम्रा लिडरहरुले रेमिटेन्समा र्याल चुहाउन पर्ने छैन, उहाँहरुले नेपाली कृषि बजारलाई बिश्व भर फैलाउने छन । बिदेशीहरु हामीले गरेको कृषि कर्म देखेर छक्क पर्नेछन। हाम्रो देशमा भएका कृषि क्याम्पसहरुले बिध्यार्थीलाई सर्वसुलभ दर मा पढन मिल्ने वर्तावरण बनाउने छन । हामी सङ्ग भएको रैथाने जातहरुको बिश्व बजारमा प्रवर्द्धन हुने छ। हरेक कृषकले गर्वका साथ छोरा छोरीलाई कृषि कर्ममा प्रोत्साहन गर्ने छन, सबै जना सक्षम हुने छन । यहाँ हरेक कृषकले बिलाशिताको जीवन जिउने छन। सबैले म कृषक बन्छु भन्ने छन ।

कृषक नै देव हुन अनि माटो नै मन्दिर हुन भन्ने हरेक बिद्यालयमा पढाइने छ। हरेक दिन कृषि कृषक दिवश मनाइने छ। हरेक दिन कृषकलाई पुजा गरिने छ। कृषकको हरेक समस्यामा सितलनिवास, बालुवाटार, र सिंहदरबार हुने छ । सबै कुरा ले मेरो देश सम्पन्न हुने छ। मेरो कृषि ले मेरो देश बनाउने छ यदि म जस्तै कृषक मेरो साथ हुने हो भने ।

धन्यवाद ||