
कृषिले बनाएको गरिब किसान
म किसान
मलाइ कृषि ले गरिब बनायो
आज माटोमा चुइएको
मेरो पसिना यो लोक लाई गनायो
आज कृषिले नै मलाइ गरिब बनायो।
सरकार छ हेर्दा त म देख्दिन
कृषि ज्ञान केन्द्रको सेवा त म कैलै भेट्दिन
अनुदान यहाँ खै कस्ले पायो
सुन्छु झोला मा फार्म खोल्ने
गोठालो ले खायो।
म किसान
मलाइ कृषि ले नै गरिब बनायो।
हिउद को टन्टलापुर घाम मा
पुस को त्यो ठन्डी याम मा
म कृषक सधै कृषि कै ध्यान मा।।
राजतन्त्र ले भुटेको
लोकतन्त्र ले लुटेको
गणतन्त्र ले कुटेको
म गरिब किसान
छैन आज सम्म आराम ले सुतेको।