
ललितपुर। हिँउदे बाली लगाउने मध्ये सिजनमा सरकारले रासायनीक मल ल्याउन नसक्ने भन्दै हात उठाएको छ । वर्षेनी किसानले भोग्नुपरेको समस्या यो वर्ष पनि दोहोरिने भएको हो । कृषी तथा पशुपन्छीं विकास मन्त्रालयकले आइतबार पत्रकार सम्मेलन गरेर मल ल्याउन सक्ने अवस्था नरहेको जानकारी दिएको छ ।
कृषी तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार हिँउदका लागि ७५ हजार मेट्रिक टन रासायनीक मलको आवश्यकता रहेकोमा जम्मा १२ हजार मेट्रिक टन मात्रै मल सरकारसँग मौज्दात रहेको र यो वर्ष पनि मलको अभाव हुने अवस्था आएको जानकारी दिएको हो । कृषी तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार कृषी सामग्री कम्पनी लिमिटेड र साल्ट टेड्रिङ कर्पोरेशनको गोदाममा १० हजार ५ सय मेट्रिक टन युरिया, १२ सय मेट्रिक टन डिएपी र करिब ५ सय मेट्रिक टन मात्रै पोटास गरि १२ हजार २ सय टन मात्रै मौज्दात छ ।
मन्त्रालयले हिँउदका लागि ग्लोबल टेन्डर मार्फत १ लाख ५० हजार मेट्रिक टन मलखाद खरिद गर्ने योजना बनाएपनि सो मल आयात हुन नसक्दा मल अभाव भएको हो । मलका लागि यो वर्ष २७ अर्ब ७१ करोड बजेट छ । तर मल अभावको पुरानै समस्या कायमै छ ।
मलको अभाव बारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा कृषी तथा पशुपन्छीं विकासमन्त्री महेन्द्र राय यादवले अहिले मल ल्याउन नसक्ने भन्दै लाचारी प्रकट गर्नुभयो । उहाँले जि टु जी मोडलमा कुनै पनि देश मल ल्याउन तयार नभएको कृषि तथा पशुपक्षीं विकास मन्त्री महेन्द्र राय यादवले बताउनुभयो ।
किसानको समस्या हल गर्ने र समस्या सुन्ने मन्त्रालय कृषी तथा पशुपक्षिं मन्त्रालय । तर, मन्त्रालय नै समस्या नै समस्याको चाङले थिचिएको छ । मन्त्रालयले भावी कार्ययोजना स्वरुप ग्लोबल टेन्डरमा जाने योजना बनाएको छ । तर ग्लोबल टेन्डरमा जाँदा ६ महिना बढी समय लाग्छ । यस अनुसार कृषकले यो हिँउदमा रासायनीक मल नपाउने निश्चित भएको छ ।