वालिङ। स्याङ्जाको वालिङमा किसानहरुलाई बङ्गुरका बच्चा वितरण गरिएको छ । वालिङ नगरपालिका वडा नम्बर ६ स्थित आँपडालीका २७ जना किसानहरुलाई बङ्गुर श्रोत केन्द्र स्थापना सम्बन्धी तीनदिने तालीम सहित बङ्गुरका पाठा पाठी वितरण गरिएको हो ।
वालिङमा प्रधान कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले किसानहरुलाई बङ्गुरका पाठापाठी प्रदान गरेको हो । आँपडाली क्षेत्रका नागरिकहरुको चाहना र त्यहाँको अनुकुल वातावरणलाई मध्यनजर गरी सहकारीले बङ्गुर पकेट क्षेत्रकारुपमा समेत विकास गर्ने लक्ष्य सहित तालीमको आयोजना गरी बङ्गुरका पाठापाठी वितरण गरेको जनाएको छ । आगामी दिनमा ठाउँ र त्यहाँको आवस्यकता अनुसारका तालीमहरु सञ्चालन गर्दै जाने समेत संस्थाका अध्यक्ष भरतप्रसाद बगालेले बताउनुभयो ।
यसैगरी सहकारीले वालिङ ७ केवरेमा झोल सावुन बनाउने र चापाकोट ८ दामाचौरमा पराले च्याउ बनाउने तालीम आयोजना गरेर आवस्यक बीउ तथा उपकरण समेत वितरण गरेको छ । यसैक्रममा तालीम पश्चात केवरेमा २७ जना सहभागीलाई झोल सावुनका लागि आवस्यक उपकरण तथा कच्चा पदार्थ वितरण गरिएको हो । यस्तै तालीमसँगै दामाचौरमा पनि २७ जना सहभागीहरुलाई च्याउको बीउ वितरण गरिएको हो ।
बचत तथा ऋणको कारोवारका साथै आम नागरिकहरुलाई आत्मनिर्भरता तर्पm उन्मुख गराउन आयमूलक उद्यम विकासमा लागेको सहकारीले जनाएको छ । संस्थाले जिल्लाका विभिन्न स्थानहरुमा पाँचवटा सेवाकेन्द्र सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको छ ।
पहिला सीप त्यसपछिको व्यवसायले मात्र सफलता प्राप्त हुन्छ भन्ने मान्यताले बचत तथा ऋणका साथै शेयर सदस्यहरुलाई सीपमूलक कार्यक्रम सहित उद्यमशीलता तर्फ आकर्षित गर्दै लैजाने र क्रमशः आम्मनिर्भरतातर्फ उन्मुख बनाउने उद्देश्यले विभिन्न उद्यम विकास तालीम लाई प्राथमिकता दिएर लागेको संस्थाका अध्यक्ष बगालेले बताउनुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आर्थिक सहयोग एवम् जिल्ला सहकारी संघ स्याङ्जाको पहलमा कालिगण्डकी गाउँपालिका मार्फत सहकारीले तालीमको आयोजना गरेको हो ।
तालीमबाट सहभागीहरुमा सम्बन्धित विषयको ज्ञान मिल्नुका साथै स्थानीय स्तरमा व्यवसाय प्रवद्र्धन हुने सहकारीले विश्वास लिएको छ ।