सल्यान। चालु आर्थिक वर्षमा सल्यानबाट ७० करोड बढीको अदुवा निकासी भएको छ । यो वर्ष अदुवाबाट सल्यानमा ७० करोड ९५ लाख बराबरको रकम आम्दानी भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

जिल्लामा २८ हजार तीन सय ९२ मेटिक्टन अदुवा उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । उहाका अनुसार उत्पादित अदुवामध्ये १६ हजार आठ सय ९३ मेक्ट्रिटन जिल्ला वाहिर निकासी हुने गरेको छ ।

विगतमा वर्षहरुमा अदुवा विक्री नभएर निरास भएका किसानहरु यो वर्ष अदुवाले मुल्य पाएपछि खुशी समेत भएका छन् । विगतका वर्षहरुमा २० रुपैयाँ किलोमा पनि विक्री नभएको अदुवा यो वर्ष ४० रुपैया किलोदेखि माथितिर विक्री भएको आचार्यले बताउनुभयो ।

जिल्लामा दुई हजार ९० हेक्टर क्षेफलमा अदुवा खेति गरिन्छ । प्रधानमन्त्री कृषि आधुनिकिरण जोन कार्यक्रम, तथा कृषि कार्यालयकै विभिन्न ब्लक कार्यक्रमले अदुवा उत्पादनमा वृद्धि आएको आचार्यको भनाई रहेको छ ।

सल्यान रेसा बिहीन अदुवा उत्पादनमा प्रख्यान मानिन्छ । रेसा नभएको बोसे जातको अदुवा बढी उत्पादन हुने भएकाले यहाँबाट वर्षेनी करोडौंको अदुवा जिल्ला बाहिर जाने गर्दछ ।