ललितपुर। अर्थमन्त्री युवराज खतिवडाले कृषि क्षेत्रमा सहकारी मार्फत बैदेशीक लागानी भित्राउन सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

काठमाडौमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को १८ औ वार्षिक उत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले कृषि सहकारी मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्दै साना किसानहरुको आयस्तर माथी उठाउन आवश्यक पर्ने ठूलो लगानीका लागि सरकारको पहल र निगरानीमा लगानी भित्राउन सकारात्मक रहको बताउनुभएको हो ।

मन्त्री खतिवडाले सरकारले आगडी सारेको समृद्ध नेपाल, सुखी नेपालीको अवधारणामा कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहने भन्दै सरकार निजी क्षेत्र र सहकारी क्षेत्रलाई संगसंगै अगाडी बढाउने बताउनुभयो । मन्त्री खतिवडाले गरिवी निवारणमा साना किसान कृषि सहकारी संस्थाहरुको भूमिकालाई सरकारले उचित मूल्यांकन गर्ने प्रतिवद्धता जनाउनुभयो । साना किसान कृषि सहकारी संस्थाहरुले अव ठूलो क्षेत्रमा पनि लगानी गर्नुपर्नेमा मन्त्री खतिवडाले जोड दिनुभयो ।

राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष केशव बडालले ग्रामीण क्षेत्रको सकारात्मक परिवर्तन र साना किसानको जीवनस्तर सुधारमा खेलेको भूमिकको सरकारले उचित सम्मान गर्नुपर्ने माग गर्नुभयो ।

अहिले देशभर रहेका ९ सय २० वटा साना किसान कृषि सहकारी संस्थाहरु आवद्ध रहेको यस साना किसान विकास लघुवित्त वित्तीय संस्थाले वित्तिय सहयोग मार्फत युवा स्वरोजगार, महिलाको अर्थिक, सामाजिक र सचेतनाको विकास लागएतका क्षेत्रमा काम गर्दै आएको छ ।