काठमाडौं। शुक्रबारदेखि ललितपुरको पाटन दरबार स्क्वायर संग्रहालयमा अर्गानिक कृषि मेला आयोजना हुने भएको छ । ‘लेट्स गो अर्गानिक’ भन्ने नाराका साथ सरकारी तथा तथा गैरसरकारी संस्थाहरुको सहयोगमा कञ्चनजंगा टि स्टेट एण्ड सेन्टरले मेला आयोजना गर्न लागेको जानकारी दिएको छ ।

चैत १९ गतेसम्म सञ्चालन हुने मेलामा ५० भन्दा बढी अर्गानिक कृषि उत्पादनका स्टलहरु रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

गत वर्ष ४० हजारभन्दा बढीले अवलोकन गरेको मेला संयोजक शान्ता वास्कोटा कोइरालाले बताइन् । उपभोक्तालाई विषादीरहित अर्गा्निक उत्पादनको सहज पहुँच पुरयाउने र आम जनसमुदायमा जैविक प्राङगारिक उत्पादन उपभोग गर्न जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको कन्चनजंगा टि स्टेट एण्ड रिसर्च सेन्टरका अध्यक्ष दीपक प्रकाश वास्कोटाले बताए ।

विगत ३० वर्षदेखि आर्ग्निक चियाखेती सुरु गरेको उक्त सेन्टरले अर्गा्निक चियाको प्याकेजिङ र बजारीकरणका लागि संग्रिला एग्रो वल्र्ड प्रालि, वास्कोटा ग्रुप अफ कम्पनी र पाँचथर जुस उद्योगसँग सहकार्य गर्दै आएको छ ।

मेला मार्फत अर्गा्निक कृषि उपजको बजार प्रवद्र्धन हुुनुका साथै विषादीरहित खेती प्रणाली विस्तारमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।