म्याग्दी। म्याग्दीमा पहिलोपटक एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ । स्थानीय कृष्णबहादुर खत्रीले एप्सबाट खोलापारीको सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएका छन् ।

उनले माेबाइलबाटै दुई सय ५० मिटर माथि बेनी नगरपालिका–२ खवरामा पानी आपूर्ति गरेका थिए । मोबाइलको एप्सबाट सिँचाइका लागि इनारमा प्रयोग गरिएको मेसिनको मेनस्विच अन गरेको पाँच सेकेन्डमै पानीको आपूर्ति भएकाे थियाे ।

धौलागिरी अञ्चलमै पहिलोपटक मोवाइल एप्सको माध्यमबाट सिँचाइ आयोजनाको पानी आपूर्ती बन्द र खुल्ला गर्ने प्रविधिको प्रयोग सफल भएको खत्रीले बताए । बेनी नगरपालिका–७ हुलाकचोकका खत्री इलेक्टोनिक्स सेन्टरका सञ्चालक समेत रहेका खत्रीले घरबाटै पनि सिँचाइको मेन स्विच अन र अफ गर्न सक्ने बताए ।

इलेक्टोनिक्स र प्रविधिको प्रयोगमा अब्बल रहेका खत्रीले नेपालमै पहिलो पटक एप्सको प्रयोगबाट सिँचाइ कन्ट्रोल गर्ने प्रविधिको आविष्कार गरेको दावी गरे । याे एप्स एकपटक प्रयाेग  (अन र अफ)   गर्दा करिब ४ रुपैयाँ खर्च लाग्ने उनले बताए ।

नयाँ पत्रिका बाट