काठमाडौं। सरकारले प्रशोधित दूधको उपभोक्ता मूल्य बुधबारदेखि प्रति लिटर ६ रुपैयाँ बृद्धि गरेको छ । ६४ रुपैयाँ प्रति लिटरको दूधको मूल्य बुधबार रातिदेखि ७० रुपैयाँ कायम भएको छ । यसैगरी आधि लिटर दूधलाई ३२ रुपैयाँबाट ३५ रुपैयाँ पु¥याइएको छ । पशुपन्छी मन्त्रालयको सहकार्यमा दुग्ध विकास संस्थान(डीडीसी) ले दूधको मूल्य समायोजन गरेको हो ।

पशुपन्छी मन्त्रालयले किसानको लागत खर्च र उद्योगीको सञ्चालन खर्चको आधारमा बैज्ञानिक रुपमा दूधको मूल्य समायोजन गरेको जानकारी दिएको छ ।यसअछि २०७१ पुस २० गते दूधको मूल्य बृद्धि भएको थियो । जनअनुसार ४ फ्याट र ८ एसएनएफ मापदण्ड भएको दूधलाई प्रति लिटर ४४ देखि ४७ रुपैयाँसम्म किसानलाई उपलब्ध गराइएको थियो । २०७१ मा प्रति लिटरमा ८ रुपैयाँ मूल्य बृद्धि गरिएको थियो । जसअनुसार त्यो बेला ५६ रुपैयाँबाट उपभोक्ता मूल्य प्रति लिटर दूधलाई ६४ रुपैयाँ पु¥याइएको थियो ।

उद्योगलाई १.८४ पैसा

यसैगरी बाँकी रहेको १ रुपैयाँ ८४ पैसाबाट एक रुपैयाँ दूध विक्री गर्ने वुथम्यानलाई र बाँकी ८४ पैसा दूध डेरी उद्योगलाई उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । दुग्ध विकास बोर्डले अध्ययन गरी मन्त्रालयमा बुझाएको प्रतिवेदनको आधारमा मूल्य बृद्धि गरिएको हो । डेरी उद्योगले प्रति लिटरमा ८४ पैसा निक्कै कम भएको औल्याएका छन् । उद्योगको लागत खर्च, कामदारको पारिश्रमिक र भक्ता बृद्धि भइरहेको अवस्थामा बृद्धि भएको ८४ पैसा निक्कै कम भएको जनाएको छ ।

घिउमा प्रति लिटर सय थपियो

डीडीसीकाअनुसार बुधबार रातिदेखि नै लागु हुने गरी घिउको मूल्यमा पनि बृद्धि गरेको छ । जसअनुसार ८ सय रुपैयाँ प्रतिकिलो मूल्य रहेको घिउको मूल्य सय रुपैयाँ बृद्धि गरी ९ सय रुपैयाँ कायम भएको छ । डीडीसीले मिठाईको मूूल्यमा पनि बृद्धि गरेको छ । मिठाईको हालको मूल्यमा प्रतिकिलोमा १२ देखि १५ प्रतिशत बृद्धि गरेको छ ।