नेपालगन्ज। पशुपक्षी विकास मन्त्री सन्तकुमार थारुले ठूला किसानलाई मात्र नभई सबैखाले किसानलाई लक्षित गरेर सरकारले कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ ।

प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “कनिका छरे जस्तो योजना होइन, दीर्घकालीन लाभ प्राप्त हुने योजना तथा कार्यक्रम आप्mनो मन्त्रालयले सञ्चालन गर्ने गृहकार्यमा लागेको छ ।”

मन्त्री थारुले बजेट र कार्यक्रमबीच तालमेल मिलाएर पशुपक्षीमा मुलुकलाई क्रमशः आत्मनिर्भर बनाइने र यसका लागि कृषिसँग सम्बन्धित सबै निकायबीच समन्वय स्थापित गरिने बताउनुभयो ।

आधारभूत वर्गभित्र पर्ने कृषक, मुक्त कमैया, सिमान्तकृत समूहको आर्थिक उन्नतीबाट मात्र कृषि क्रान्तिलाई उचाईमा पु¥याउन सकिनेमा पनि उहाँले जोड दिनुभयो ।