चितवन। चितवनमा बिषादी परीक्षण क्वारेन्टाईन पास बिनानै अवैधरुपमा फलफुल भित्रिने गरेको खुलेको छ । भारतबाट आउने आप तथा अंगुरको क्वारेन्टाईन नगरी विना कागजात ब्यवसायीले अस्वस्थ्यकर फलफुल चितवन भित्र्याएर बिक्री गर्ने गरेको भेटिएको हो ।

जिल्ला कृषि बिकास कार्यालय चितवनले गरेको लायन्स चोकको मण्डी अनुगमनका क्रममा आप तथा अंगुरमा बिषादी हालेको भेटिएको र ब्यापारीले बिना क्वारेन्टाईन चितवनमा आप तथा अंगुर भित्र्याउने गरेको भेटिएको जिल्ला कृषि बिकास कार्यालय चितवनका कृषि बजार विज्ञ राम राज पौडेलले बताउनु भयो ।

उहाँले भारतको कुन ठाउँबाट आएको, कसले पठाएको, कल्ले ल्याएको र कहाँबाट ल्याएको भन्ने समेत नखुलाई फलफुल आउने गरेको र बिल बिजग तथा भन्सार पास समेत नभएको भेटिएको जानकारी दिनुभयो । ब्यवसायीले उपभोक्ता ठग्ने गरी अवैध रुपामा अस्वस्थ्यकर आप बजारमा भित्रयाएको उहाँको भनाई छ ।

अनुगमनका क्रममा ब्यवसायीहरुले गल्ती गरेको भेटिएपनि कारवाही गर्ने अधिकार कृषि कार्यालयलाई नभएकाले एक पटकलाई सचेत गराएको र पुनः अर्को पटक पनि यस्तै अवस्था आए प्रशासनसंग समन्वय गरि फलफुल जफत गरि ब्यवसायीलाई कारबाही गरिने उहाँले बताउनु भयो ।

चितवनमा अबैद्ध रुपमा अस्वस्थ्यकर फलफुल बिना भन्सार र बिना क्वारेन्टाईन आउने गरेकोले प्रशासनले त्यस्ता ब्यवसायीहरुलाई कडा भन्दा कडा कारबाही गर्नु पर्ने उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले बताउनु भयो । मानव स्वास्थ्यका लागि हानिकारक कारवाईड नामक बिषादी हालेर पकाईएको आपको बिक्री रोक्न उहाँको माग छ ।

भारतबाट आयातित अंगुर तथा आपमा बिषादी परीक्षण सर्टिफिकेट नभएको पाईएकाले त्यस्को बिषयमा थप अनुसन्धान आवस्यक रहेको जिल्ला कृषि बिकास कार्यालय चितवनका बिषादी निरीक्षक श्रीकृष्ण न्यौपानेले बताउनु हुन्छ । चितवनका ब्यापारीहरुले रातारात धनी बन्ने योजना अनुरुप अबैध रुपमा फलफुल आयात हुने गरेको कार्यालयको ठहर छ ।