काठमाडौं। पूर्वस्थानीय विकास राज्यमन्त्रधी श्रीप्रसाद जगबुले पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्रालयको हेरफेरसँगै विनाविभागिय मन्त्रीको जिम्मवारीमा रहेका जगेवुलाई उक्त मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

स्थानीय विकास मन्त्रालय राप्रपा अध्यक्ष कमल थापाको भागमा परेपछि जबेगु विना विभागीय राज्यमन्त्रीका रुपमा रहेका थिए । प्रधानमन्त्री दाहालले सोमबार जबेगुलाई पशुपंक्षी विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।