कैलाली। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनको बुधबार कैलालीमा प्रधानमन्त्री प्रचण्डले उदघाटन गरेका छन् ।

सुपरजोनको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशमै धेरै गहुँ उत्पादन हुने जिल्ला कैलालीलाई यस कार्यक्रमले कृषि आधुनिकीकरणतर्फ अग्रसर बताउने बताए ।

देशमै पहिलो पटक कैलालीका ४ गाबिसलाई समेटेर गहुँको सुपरजोन कार्यक्रम लागू भएको हो । कैलालीको उदासिपुरमा ९ जना कर्मचारी राखेर कार्यालयको स्थापनासमेत गरिएको छ ।

सुपरजोन लागू भएका अन्य गाबिसहरुमा बसौटी, पहलमानपुर, मसुरिया रहेको कृषि बिकास मन्त्रालयका सचिव डा. सुरज पोखरेलले जानकारी दिए ।