चितवन । चितवनमा यसपालि सयपत्री फूलको उत्पादनमा वृद्धि भएको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल चितवन समन्वय समितिका समितिका अध्यक्ष प्रकाश पन्तका अनुसार जिल्लामा करीब एकसय भन्दा बढी किसानले सयपत्री फूलको खेती गरेका छन् ।
व्यवसायीकै पहलमा ४० हजार सयपत्री फूलका बिरुवा निशुल्क वितरण गरेर व्यावसायिक खेतीमा किसानलाई आकर्षित गराइएकाले फूलको उत्पादनमा वृद्धि भएको पन्तले बताए । ‘जिल्लामा सयपत्रीको माला बाहिरबाट आयात गर्नु परेको छैन’ उनले भने । जिल्लामा करीब १५ हेक्टरमा फूल खेती हुन्छ । यस पटक सयपत्री फूल करीब तीन हेक्टरमा लगाइएको छ ।
जिल्लामा तिहारका बेला बजार क्षेत्रमा करीब ४० हजार मालाको माग हुने गरेको छ । काठमाडौंबाटै तयारी मखमलीको माला ल्याएर चितवनका व्यवसायीले बेच्ने गरेका छन् । व्यावसायिक पुष्पखेती गर्ने किसान २० जना रहेको तथ्याङ्क छ भने जिल्लामा करीब चार मेट्रिक टन फूल उत्पादन हुन्छ ।