© बिल अधिकारी
चितवन ।नेपाल मौरीपालक महासंघको गैह्र जिम्मेवारीका कारण चितवनका मौरीपालक कृषक समस्यामा परेका छन् । महासंघले समयमानै दाङ्गको मौरीचरन सम्बन्धि समस्या हल नगरेका कारण मौरीपालक कृषक समस्यामा परेका हुन् ।
चितवनकी अब्बल मौरीपालक कृषक एवं नेपाल मौरीपालक महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गीता देवकोटाको यही समस्याका कारण १५८ घार मौरी दाङ्गको गिठ्ठेपानी वडा नं. ६ पु्रmसेथालीमा चार दिनदेखि अलपत्र अवस्थामा छ भने चितवनकै बिष्णु भुषाल र डा.खेमराज न्यौपानेको दाङ्गको रामपुर गाविसको पन्तटोलको चरन क्षेत्रमा भुषालको ५९ घार र न्यौपानेको १६ घार मौरीमा अज्ञात समूहको नामबाट बिषादी मिसाई मौरी नष्ट पारिएको अवस्था छ । त्यस्तै चितवनका अन्य मौरीपालक किसानहरुको मौरी समेत बाटोमा अलपत्र छ । यो अवस्थाको विषयमा नेपाल मौरीपालक महासंघका अध्यक्ष रामप्रसाद पौडेलस“ग वृझ्दा उनले मौरी चरन क्षेत्रको विषयमा दाङ्ग लगायत कुनैपनि जिल्लामा समस्या नरहेको बताए । उनले भने–‘अहिले कृषकले चरनको विषयमा कुनै कुरै उठाएका छैनन्, हाम्रो कुनै समस्या नै छैन तपाईलाई यस्तो वाहियात कुरा कसले भन्यो ।’ महासंघकै बरिष्ठ उपाध्यक्ष गीता देवकोटाको मौरी चारदिन देखि दाड्डमा अलपत्र परेको र तपाईको दाड्ड शाखाले रोकेको छ नि त भन्दा पौडेलले भने –‘यो हु“दै नभएको कुरामा तपाई किन लाग्नुहुन्छ ।’ भन्दै फोन राखे । उता बरिष्ठ उपाध्यक्ष गीता देवकोटाले भने आफ्नो मौरी चारदिनदेखि अलपत्र अवस्थामा रहेको बताईन ।
नेपाल मौरीपालक महासंघका दाड्ड जिल्ला अध्यक्ष बिष्णु ओलीले भने –‘हाम्रो यही १६ हजार गोला मौरी छन्, यहीकोलाई चरन क्षेत्र पुग्दैन’ हामी बाहिरबाट मौरी ल्याएर चराउन दिन सक्दैनौ । यो भारतबाट ल्याए जस्तै हो ।’ ओलीले भने –‘हामीले यो नेपाल मौरीपालक महासंघको केन्द्रीय समितिले गरेको निर्णय बमोजिम नै रोकेका हौं ।’ केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्न हामीलाई कसैले रोक्न सक्दैन, यदी कसैले रोक्न खोज्छ भने दाड्ड जिल्ला शाखालाई कारवाही गरेर देखाए हुन्छ ।’
यही समस्याले गर्दा मौरीपालक कृषक बिष्णु भुषालले आफ्नो ८ लाख रुपैया“ बराबरको मौरी नष्ट भएको बताए । दुई वर्ष पहिला पनि मेरो करिब दुईसय घार मौरी आगो लगाई दिएर नष्ट भयो त्यो बेला पनि महासंघले सहानुभूती समेत दिएन, अहिले पनि ५९ घार मौरी बिषादी हालेर नष्ट पारिएको छ । उनले महासंघको भूमिका प्रति निरासा व्यक्त गरे ।
अम्बिकेश्वरी मौरीपालक सहकारी संस्था लिमिटेड दाड्डका अध्यक्ष मिनराज घिमिरेले चरन क्षेत्रमा मौरी लैजान रोक लगाउन नपाइने बताए । उनले भने–‘नेपालभित्रै एक ठाउ“बाट अर्को ठाउ“मा लगेर निर्विवाद रुपमा मौरी चराउन पाईन्छ ।’ मौरी चराउन ल्याउने साथीहरु पनि सिष्टमबाट आइदिनु प¥यो, हामी चराउन दिन्नौ भन्छ कसैले भने त्यो गैह्र कानुनी काम हो ।’ गैह्र कानुनी काम गर्न कसैलाई छुट दिन हु“दैन । ‘त्यसलाई कानुन अनुसार कारवाही गर्नुपर्छ ।’
जिल्ला कृषि विकास कार्यालय दाड्डका निमित्त प्रमुख भरतमणि पोखरेलले चरन क्षेत्रको विवादको विषय हल गर्न आफूहरु लागि परेको बताए । उनले भने–‘हामी अहिले यही विषयमा छलफल गर्दैछौं । सिडियो सावको रोहवरमा छलफल हु“दैछ ।’ बिषादी हालेर मौरी नष्ट गराएको भनेको रामपुर क्षेत्रमा क्षतिको यकिन विवरण संकलन गर्न कार्यालयबाट योजना अधिकृत सहित दुईजना पठाएका छौं ।’ उनले भने–‘ यो विषय हामी सहमतिमै टुड्डो लगाउ“छौं ।
यता किसानको समस्या समाधानका लागि नेपाल मौरीपालक महासंघको एक टोली दाड्ड जाने भनेर कार्यालयमा मौखिक सहमति गरेपनि खाना खान गएका अध्यक्ष रामप्रसाद पौडेल फर्किएर नआएपछि त्यतिकै टरेको छ ।