२ असोज, काठमाडौं। खेत जोत्ने क्रममा हाते ट्याक्टरले खुट्टा काटिएर पिडामा बसेका भक्तपुरका किसानलाई समिट हस्पिटले पिडामा मलम लगाएर किसानका लागि उदारणीय बनेको छ ।
खुट्टामा गाभिएको ज्योती राखेको ट्याक्टर सहित भक्तपुरको लोकन्थलीस्थित समिटि हस्पिटल पुगेका किसानको तत्काल उपचार गरिएको थियो ।
न्यून आए भएका किसानको अन्य हस्पिटलमा महगो शुल्क बिना सम्भव नभएको उपचार समिटले न्यून शुल्कमा सफल उपचार गरिएको समिट हस्पिटलका अध्यक्ष तेजविक्रम थापाले जानकारी दिए ।
लोकन्थली बस्ने बेदमान तामाङ्ग सधै झौ खेत जोत्ने जाने क्रममा हिजो दिउसो ४ बजे तिर टिकाथलीमा खेत जोतिरहेको अबस्थामा उनको खुट्टामा टयाक्टरको दाँत पसेर रक्ताम्य भएको अबस्थामा समिट हस्पिटल ल्याईएको थियो ।
बर्षोदेखि कृषि र किसानको नाम भजाएर खानेहरुलाई समिट हस्पिटले एउटा किसानका लागि गरेको उदाहरण गतिलो जवाफ बनेको छ ।
आम किसानको नाउँमा करोडौ भित्राउने र सिगो राज्य किसान सामु पुग्न नसकिरहेको बेला खुट्टा काटिएका एक आम किसानको उपचार गरेर किसान प्रति देखाएको समिटको प्रयास राज्यलाई नै चुनौती बनेको छ ।