
कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा गड्यौलापालन शुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाका अनुसार प्राङ्गारिक मल उत्पादन गर्न जिल्लामा पहिलो पटक गड्यौलापालन शुरु गरिएको हो ।
कृष्णपुर नगरपालिका–२ वाणीमा ५० घरधुरी किसानले जिल्ला कृषि विकास कार्यालयाबाट अनुदान रकम लिएर गड्यौलापालन गरिरहेका छन् । कृषि सहकारीमार्फत बेदकोट नगरपालिकाका तीन जना किसानले समेत गड्यौलापालन गरिरहेका थापाले बताए ।
कार्यालयले पचास जना किसानलाई रू. २५ हजार रूपैयाँका दरले गड्यौलापालनका लागि अनुदान उपलब्ध गराएको छ ।‘गोठे मलभन्दा गड्यौलाबाट उत्पादित मल अझ बढी राम्रो हुन्छ’ थापाले भने । गड्यौलापालनलाई व्यावसायिक रुपमा अघि बढाइने भएको छ ।