दाङ। जिल्लाको पहाडी भेगका दुई गाविसमा फैलिएको महामारीले सात सयभन्दा बढी बाख्रा मरेका छन् । काभ्रे र लोहारपानी गाविसमा जेठ पहिलो साताबाट फैलिएको महामारी नियन्त्रणमा नआएकाले बाख्रा मर्ने क्रम अझै नरोकिएको किसानहरूले बताएका छन् ।

काभ्रेको गहतेरा, तरा, कब्जा, भेडाबारी, कात्तिके, काभ्रे बचेनी र लोहारपानीको भित्रीखोला, आरुगैरा, तोडकेलगायतका स्थानमा महामारी फैलिएको छ । महामारीले तरा र गहतेरामा मात्रै दुई सयभन्दा बढी बाख्रा मरेका छन ।

काभ्रे गाविसले दुई स्थानमा गरेको अनुगमनअनुसार दुई सय सात बाख्रा मरेपछि किसानलाई करिब १९ लाखको क्षति भएको जनाइएको छ । ‘अन्य स्थानको हालत पनि यस्तै छ,’ ३१ बाख्रा गुमाएका काभ्रे–४ गहतेराका चोकबहादुर डााँगीले भने ।

महामारी नियन्त्रणमा नआउदा अन्य पशुमा पनि फैलिन थालेको छ । मरेका बाख्रा गाडिएको स्थानबाट गन्ध आएर गाउँ नै दुर्गन्धित भएको छ । यसले मानवीय स्वास्थ्यमा समेत असर पार्ने डरमा स्थानीय छन् । पशु सेवा कार्यालयको बेवास्ता जिल्लास्थित पशु सेवा कार्यालयले महामारी नियन्त्रणका लागि प्राविधिक टोली खटाए पनि रोग नियन्त्रणमा आउन सकेको छैन ।

कार्यालयले तीनवटा टोली खटाएको थियो । तर, महामारी नियन्त्रण गर्न गएका पशुचिकित्सक डा. रमेशप्रसाद नेपालीको टोली प्रभावित क्षेत्रमै नगई एक विद्यालयमा बैठक बसेर फर्किएको छ । ‘पशुसेवा कार्यालयले हदैसम्मको बेवास्ता ग¥यो’ काभ्रे–४ गहतेराका डासबहादुर डाँगीले भने, ‘कार्यालयका प्रमुखलाई सहयोगका लागि आग्रह ग¥यौ, तर उनले उल्टै मान्छे त मरेर जान्छ बाख्रालाई मर्न दिनुस् भनेर फर्काए ।’निशुल्क खोपको पैसा महामारी नियन्त्रणका लागि खटाइएका प्राविधिकले उल्टै किसानको पीडामा नुन छर्कने काम गरेका छन् ।

निशुल्क खोप लगाइनुपर्नेमा किसानबाट तीनदेखि ६ हजार रुपैयाँसम्म असुलिएको डासबहादुर डाँगीले बताए । ‘प्राविधिक टोलीले खोपबापत पैसा लाग्ने बताएपछि बाध्य भएर ऋण मागेर पैसा ति¥यौ,’ उनले भने, ‘तर, त्यो खोपले पनि बाख्रा जोगिएनन् ।’ उनका अनुसार महामारीमा सबैभन्दा बढी ३१ बाख्रा गुमाएका चोकबहादुर डाँगीले खोपबापत ६ हजार पैसा तिरेका थिए भनेउनी स्वयंले ११ बाख्रालाई खोप लगाएबापत तीन हजार रुपैयाँ प्राविधिकलाई बुझाएका थिए ।

बजार भाउभन्दा निकै महँगो मूल्यमा किसानबाट पैसा असुलिएको पाइएको छ । स्थानीय डाँगीले बताए अनुसार बजारमा तीन सय ७० रुपैयाँमा उनी आफैले किनेको खोपलाई गाउँ पुगेको टोलीले ६ हजारसम्म तिराएको छ । ‘तीन सय ७० मा किनेको बोतलले मैले २५ वटा बाख्रालाई खोप लगाएँ,’ उनले भने, ‘प्राविधिक टोलीले त्यति नै मात्राबराबरको खोप लगाउादा ६ हजारसम्म लगेका छन् ।

यसबारे जिल्ला पशु सेवा कार्यालयका प्रमुख जगतबहादुर सिंखडा स्वयंले महामारीमा लगाइएको खोप निशुल्क हुने बताए । प्राविधिकले त्यसरी पैसा नउठाएकाले तर खान–बस्नका लागि किसानसँग सामान्य खर्च उठाएको हुन सक्ने उनको दाबी छ । यद्यपि, स्थानीयले भने प्राविधिक टोलीलाई खान–बस्न पनि छुट्टै व्यवस्था गरिएको बताए । आय–आर्जनको स्रोत गुम्यो महामारीबाट सात सयभन्दा बढी बाख्रा मरेपछि किसानले एक करोड रुपैयाँभन्दा बढीको घाटा व्यहोर्नुपरेको छ ।