तितो स्वाद भएको करेलामा मानिसको जीवनको रहस्य लुकेको छ भन्दा पनि फरक नपर्ला । यसको तरकारी तथा जुस पिनाले कहियाँै रोगहरुबाट मुक्त बनाउँछ ।

स्वास सम्बन्धि रोगलाई टाढा राख्छः
तितेकरेलाको नियमित सेवनले स्वास सम्बन्धि विभिन्न किसिमका रोगबाट टाढा राख्ने काम गर्छ । यसको सेवनले अस्थमा, सर्दी, प्रत्येक दिन विहान करेला र तुलसीका पातलाई पिसेर महसँग खानाले स्वास तथा दमसम्बन्धि रोगमा फाइदा पुर्याउँछ ।

लिभरको लागि उपयुक्त हुन्छः
खानामा हुने गडबडीका कारण शरीरमा हुने समस्याको सिधा प्रभाव कलेजोमा पर्छ । कलेजोको समस्या भयो भने मानिसको स्वास्थ्यमा गम्भीर अवस्था सिर्जना हुन्छ । तर शरीरको महत्वपूर्ण अंग मानिने कलेजोलाई स्वस्थ राख्नका लागि करेलाले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । कलेजोलाई स्वस्थ राख्नका लागि दैनिक एक गिलास करेलाको जुस पिनु उपयुक्त हुन्छ । कलेजोको समस्याबाट मुक्ति पाउन एक सातासम्म नियमित करेलाको जुस पिउनु उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।

प्रतिरक्षा प्रणालीलाई नियमित बनाउँछः
तितेकरेलाको सेवने मानव शरीरमा प्रतिरक्षा प्रणालीलाई बढाउँछ् । करेलालाई पामा उमालेर पिनाले निकै फाइदा हुन्छ । यसले प्रतिरक्षा प्रणालीलाई त नियमित बनाउँछ नै साथै कहियाँै किसिमका इन्फेक्सनहरुलाई समेत टाढा भगाउँछ् ।

मुटुको रोग लाग्नबाट बचाउँछ्ः
मुटुका रोगिका लागि करेला निकै नै फाइदा जनक हुन्छ । यति मात्र होइन यसले मुटुको रोग लाग्नबाट समेत बचाउँछ । यसको सेवनले ब्लड प्रेसर, सुगर लगाएतका रोगलाई पनि नियन्त्रण गर्छ ।
त्यस्तै करेलाको सेवनले मोटोपन कम गराउँछ् । कब्जियतमा राहत पुर्याउँछ, क्यान्सरबाट बचाउँछ, रक्त अल्पत्ता हुनबाट बताउँछ, साथै अनुहारमा आउने रोगहरु तथा चायाँ हटाउनका लागि समेत सहयोगी हुने चिकित्सकहरु बताउँछन् ।