समाज

पैसा फल्ने बोट: तरकारी व्यवसाय ! वार्षिक रु सात लाख बराबरको आम्दानी

रामपुर । व्यावसायिक तरकारी खेतीबाटै रामपुरकी ज्ञानुमाया कार्कीको जीवन बदलिएको छ । तरकारी खेती सुरु गरेपछि उहाँलाई यतिबेला पैसाको अभाव छैन । दुई चार पैसाका निम्ति निकै कष्ट भोग्नुभएकी उहाँलाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । तरकारी खेतीबाटै अहिले कृषक कार्की समाजमा अगुवा महिलाका रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । […]

विरक्तिएर हिडेकी बोहोरा, कृषि कर्मबाट सफल

सफलताको कथा भनिन्छ, जीवन संघर्ष हो, त्यहि संर्घषको मैदामा जो भिड्न सक्यो त्यसले सफलता पाउँछ । त्यहि भएको छ कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका चनाई बनकट्ीकी ५० बर्षिय लक्ष्मी बोहोराको जीवनमा । तरकारी खेती लगायतका कृषि कर्म गरेर समृद्ध हुने सपना बुन्दा पारिवारिकरुपमा सहयोग नभएपछि तत्कालिन दश बर्षेजनयुद्धको समयमा विरक्तिएर मर्नभनेर रुखको टुप्पोमा गएर बसेकी लक्ष्मी […]

वैदेशिक रोजगारभन्दा मौरीपालनबाट आम्दानी

नुवाकोट। वैदेशिक रोजगारबाट भन्दा गाउँमै मनग्य आम्दानी हुने भएपछि पछिल्लो समय नुवाकोट जिल्लाको बुङताङ गाविसका कृषकहरु मौरीपालन व्यवसायतर्फ आकर्षित भएका छन् । थोरै लगानी र कम मिहेनतबाट पनि मनग्य आम्दानी लिन पाएपछि यहाँका कृषक मौरी पालन व्यवसायतर्फ आकर्षित भएका हुन् । बुङताङ गाविसमा करिब एक वर्षदेखि नै मौरीपालन गर्दै आएको भएपनि १० वर्षयता भने यहाँका कृषकले […]

एउटै बस्तीमा २२ लाखको अकबरे खुर्सानी

तेह्रथुम। जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन् । तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताइन । गतवर्ष गाउँका प्रत्येक परिवारले कम्तीमा […]

स्याङ्जा बन्ने भयो सुन्तला जोन

वालिङ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाई अन्तर्गत स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको छ । कृषि विकास मन्त्रालय अन्तर्गत यहाँ १० वर्षका लागि छुट्टै परियोजना सञ्चालन गर्न लागिएकोे हो । ‘स्याङ्जा जिल्ला सुन्तलाको प्रचुर सम्भावना बोकेको जिल्ला भएको र यहाँका सुन्तला उत्पादन र स्वादका दृष्टिले निक्कै राम्रो छ’ प्रधानमन्त्री कृषि आधुनिकीकरण […]

मुगुमा सरकारी अनुदानको खाद्यान्नमा अनियमितता रोकिएन

मुगु। विकट हिमाली जिल्ला मुगुमा खाद्यान्नमा अनियमिता रोकिनु भन्दा झनै बढ्दै गएको छ । अभाव र विकटताले ठगिएका मुगुवासीमाथि जिम्मेवार निकायबाटै बारम्बार ठगी हँुदै आएको छ । सरकारी अनुदानको खाद्यान्नमा समेत तोकिएको मूल्य भन्दा बढी लिएर मुगुवासीलाई मार्ने काम भइरहे पनि कुनै निकायले ध्यान दिन सकेको छैन । केही दिन अघि मुगुको पुलु डिपो अन्र्तगत […]

म्याग्दीको टिमुर पुग्छ अस्ट्रेलिया

म्याग्दी। यहाँ उत्पादन भएको टिमुर अस्ट्रेलिया निकासी को अन्तर्राष्ट्रिय बजार खोज्न थालिएको छ । बेनी नगरपालिका–१० तोरीपानीका कृषकले उत्पादन गरेको टिमुर यस वर्ष अस्ट्रेलिया निकासी भएको हो । काठमाडौँको फरेस्ट फर हेल्थ संस्थासँग समन्वय गरेर बजार परीक्षणका लागि अस्ट्रेलियामा १८० किलो टिमुर पठाइएको भुमेसिद्ध टिमुर सञ्जाल तोरीपानीका अध्यक्ष सागर बानियाँले जानकारी दिए । “यहाँबाट पठाएको […]

भाउ नपाएपछि तेह्रथुमका अम्लिसो कृषक चिन्तामा

तेह्रथुम । मुख्य सिजनमै भाउ नपाएपछि तेह्रथुमका अम्लिसो किसानहरु चिन्तित बनेका छन् । राम्रो मुल्य पाउने आशामा अम्लिसोको व्यवसायिक खेती गर्न जुटेका किसानहरु बिक्री गर्ने समयमा मुल्य नपाउँदा मारमा परेका छन् । किसानले भिरालो, पाखो र खाली जमीनमा मात्रै खेती गर्दै आएको अम्लिसो अहिले खाद्यान्न बाली लाग्ने जमीनमा पनि लगाएका थिए । तर  फल लागेर […]

कुखुराको भालेको पनि बन्ध्याकरण

पाल्पा। सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन । पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन् । कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास […]

मुहान दर्ता हुन नसक्दा करोडौँको खानेपानी योजना अलपत्र

रोल्पा। रोल्पाको सदरमुकाम लिवाङमा सञ्चालन गरिने भनिएको तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ परियोजना लामो समय बितिसक्दासमेत सञ्चालन हुन नसक्दा उपभोक्ता निरास भएका छन् । एसियाली विकास बंैकको सहयोगमा लिवाङ नगरपालिका–५, ६, ७ र ८ का झन्डै एक हजार चार सय बढी घरधुरीलाई स्वच्छ खानेपानी तथा सरसफाइको सुविधा दिने गरी परियोजना सुरु हुने भनिए पनि […]