समाज

पाल्पाका कृषकको अभियान ‘खाडी नपसौँ, झाडी पसौँ’

रामपुर। गाउँघरमा पाइने असुरो, तितेपाती, वनमारालगायतका वानस्पतिक वस्तुको सदुपयोग गर्न नजान्दा त्यसै खेर गइरहेका छन् । उता दिन प्रतिदिन हाम्रा खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दो छ । आफ्नै गाउँ ठाउँमा प्रशस्त वानस्पतिक वस्तु भए पनि प्रयोगमा बेवास्ता गर्दा रासायनिक मल, विषादीको प्रयोगले खेतबारीको उर्वराशक्ति नै नाश गरेको छ भने अर्कोतर्फ मानव स्वास्थ्यलाई नराम्रोसँग […]

गण्डकी प्रदेशका ११ जिल्लामा कृषि बीमा निःशुल्क

म्याग्दी। म्याग्दीलगायत गण्डकी प्रदेशका ११ जिल्लामा निःशुल्क कृषि बीमा कार्यक्रम लागू भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाली र पशु बीमा गर्दा कृषकले तिर्नुपर्ने प्रिमियम शुल्क उपलब्ध गराउने कार्यक्रम ल्याएको हो । सङ्घीय सरकारले कृषि बीमाको प्रिमियम शुल्कमा ७५ प्रतिशत अनुदान दिँदै आएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका […]

रासायनिक मल नपाउँदा किसान समस्यामा

सुदूरपश्चिम। दुई हप्तादेखि रासायनिक मलको खोजीमा रहेका धनगढी उपमहानगरपालिकाका किसान नारायण राना मल नपाउँदा निराश छन् । धानबाली भित्र्याइसकेपछि गहुँ छर्ने तयारीमा रहेका उनी सरकारी अनुदानको रासायनिक मल खोजीका लागि दिनहुँजसो बिक्रेतासँगको सम्पर्कमा रहे पनि अझै मल पाउन सकेका छैनन् । “गहुँ छरेकै दिन प्रयोग गर्नुपर्ने डिएपी मल पाउन नसक्दा गहुँ छर्न ढिला भइसक्यो”, शनिबार […]

गण्डकीको पहिचान आलु र भाँगो

बलेवा। ‘‘चितवनबाट फोन आउँछ, एक बोरा ताराखोलाको आलु पठाइदे, यहाँ खोज्न आउनेले पनि ताराखोलाकै खोज्छन्’’ बागलुङ नगरपालिका वडा नम्बर २ ट्राफिक चोककी हिरादेवी पौडेल भन्दै थिइन्– ‘‘यहाँ आलुको अभावै छ, मैले यहीँको बजारमा बेचौँ कि चितवन पठाउँ ?’ पौडेलले चितवन पठाउँदा आफन्तै भएपनि ताराखोलाको आलुको मूल्य बढी दिन्छन् । बागलुङ बजार मात्रै होइन देशका ठूलादेखि […]

तीन वर्षमै फल्यो किबी

बलेवा। गाउँपालिकाले परीक्षणका लागि दिएका किबीका बिरुवा लटरम्म फलेपछि जिल्लाको ताराखोलाका किसान उत्साहित भएका छन् । बिरुवा लगाएको तीन वर्षमै किबीले राम्रो उत्पादन दिएपछि किसान उत्साहित भएका हुन् । ताराखोला गाउँपालिका–३ का नीरज बगालेले किबीको खेती थालेको वर्षौँ भयो । गाउँ विकास समिति हुने बेला हिलको अनुदानमा बिरुवा ल्याएर लगाउनुभएका बगालेले अहिले वर्षमा ४०० किलोसम्म […]

तनहुँमा यो वर्ष धान उत्पादनमा बढ्ने

दमौली। अनुकूल मौसम र उपयुक्त बीउ प्रयोगका कारण यो वर्ष तनहुँमा धान उत्पादनमा वृद्धि हुने भएको छ । कोभिड–१९ का कारण गाउँ फर्किएर धान खेती गर्ने कृषकको सङ्ख्या बढेसँगै जिल्लामा धान उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका अनुसार विगतका वर्षभन्दा यो वर्ष धान खेती गर्ने क्षेत्रफलमा पनि वृद्धि […]

हेलम्बुलाई स्याउको गाउँ बनाइने

सिन्धुपाल्चोक। हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि स्याउका रूख नै काटिएको थियो । अहिले हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन स्थानीय युवाहरू जुटेका छन् । […]

व्यावसायिक बाख्रापालनमा इलामका युवा

इलाम। मासु र उन्नत नश्लको बाख्राको मूल्य बढेसँगै जिल्लाका युवा व्यावसायिक बाख्रापालनमा सक्रिय भएका छन् । लकडाउनको सदुपयोग गर्दै उनीहरूले उक्त पेशा अङ्गालेका हुन् । विदेशबाट फर्किनुभएका इलाम नगरपालिका वडा नम्बर २ का लिला खतिवडाले यही पेशालाई व्यावसायिकरूपमै विस्तार गर्ने योजना रहेको बताउनुहुन्छ । कोरियाबाट फर्किनु भएका उहाँले रू तीन लाखबाट शुरु गर्नु भएको व्यवसायमा […]

बन्दाबन्दीमा फुरेको उद्यमको सोच

बागलुङ । गत चैतअघिसम्म कमल राना पोखरामा बस्नुहुन्थ्यो । त्यहाँ रहँदा प्रदेशसभा सदस्य पियारी थापाको स्वकीय सचिवका रुपमा काम गर्नुभयो । एकाएक कोभिड–१९ को सन्त्रास छायो । मुलुकभर बन्दाबन्दी भयो । स्थिति असामान्य बनेपछि रानाले पोखरा छाड्ने निर्णय लिनुभयो । बन्दाबन्दीपछि जैमिनी नगरपालिका–७ जैदी, बोरस्थित घर फर्कनुभएका रानाले केही समय फुर्सदमा बिताउनुभयो । महामारीले सिर्जित […]

तिलोत्तमामा ६० बिघामा चक्लाबन्दी आलु खेती

रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सामूहिक आलु खेती सुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी आलुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई व्यवसायिक आलु खेतीतर्फ अग्रसर गराउँदै ६० बिघा जग्गामा आलु खेती सुरु गरिएको नगरपालिकाले जनाएको छ । तिलोत्तमा नगरपालिकाको रु एक करोड १५ लाख, अन्तर्राष्ट्रिय दातृ निकाय युएनडिपीको […]