ताप्लेजुङ अलैंची जोन
ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिकासहित विभिन्न गाउँपालिकाका केही वडालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनका लागि छनोट गरिएको छ । अलैंची खेतीको विकास र विस्तार गर्दै जिल्लालाई अलैंचीको सुपर जोन बनाउने उद्देश्यसहित परियोजना कार्यान्वयन गर्ने गरी ती ठाउँहरूलाई छनोट गरिएको हो । फुङलिङ नगरपालिका र मैवाखोला गाउँपालिकाका सबै वडाहरू, फक्ताङलुङ गाउँपालिकाको १ देखि ६ नम्बरसम्मका वडाहरू, आठराई […]