समाज

२३ वर्ष विदेश बसी स्वदेश फर्किएर सुन्तला खेती

पोखरा । विदेश बसाईको झण्डै २३ वर्षको अनुभव र त्यहाँका भोगाइ सँगालेका स्याङ्जा भिरकोट नगरपालिका–५ स्वरेकका शोभाकान्त पाण्डेले सुन्तलाबाट वार्षिक लगभग रु. दुई लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ । युवावस्थाको १८ वर्ष भारत र पाँच वर्ष साउदीमा रोजगारीमा बिताएका ५३ वर्षीय उहाँले पछिल्लो १८ वर्षयता भने सुन्तला खेतीसहित अन्य तरकारी फलफूलको उत्पादन एवं गरी […]

व्यावसायिक फलफूल खेतीलाई प्राथमिकता

बलेवा। फलफूलको उत्पादन र बजार राम्रो देखेपछि बागलुङ नगरपालिकाले व्यावसायिक फलफूल खेती प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले आर्थिक विकासअन्तर्गत कृषि तथा बागवानी विकास कार्यक्रममा फलफूल खेतीलाई प्राथमिकतामा राखेको हो । नगरका अधिकांश वडामा विभिन्न किसिमका फलफूलको सम्भावना रहेकाले फलफूल खेती प्रवद्र्धन तथा विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले बताउनुभयो । […]

केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित

पशुपतिनगर। इलामको दक्षिणी क्षेत्रको माई नगरपालिकामा केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । रोग नियन्त्रण र बजारीकरणमा सरकारी सहयोग नहुँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ । दक्ष प्राविधिकको अभावमा किसानका केरा बगान गभारो रोगले सखाप हुँदै गएको र केरा बिक्री गर्दा पनि एकाधिकारको समस्या भोग्नुपरेको नगरपालिका–२ का प्रवीण ढाकालले बताउनुभयो […]

महले बजार पाएन

दार्चुला । दार्चुलामा पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाउँदै गएको बेला मौरीपालक किसानले भने बजार अभाव हुन थालेको गुनासो गरेका छन् । जिल्लाका लेकम, मालिकार्जुन, मार्मा र ब्यास गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ । उत्पादन भएका मौरी घार तथा मह बिक्रीको लागि बजार अभाव भएको व्यावसायिक मौरीपालक कृषक लेकम– १ का गणेशसिंह कार्कीले बताए । […]

बुटवलमा पशु बधशाला निर्माण अधुरै

खस्यौली। पशु बधशाला निर्माणको काम बुटवलमा अझै पूरा भएको छैन । बुटवल– १० रामनगरमा २८ कट्ठा क्षेत्रफलमा सञ्चालन गर्ने तयारी भएको सो बधशालाका लागि बुटवल उप–महानगरपालिकाले प्रदेश सरकार समक्ष प्रस्तावना पेश गरेको उप–महानगरपालिकाका पशु चिकित्सक झविन्द्र वञ्जाडेले जानकारी दिए । बधशाला बनाउन यस आर्थिक वर्षमा उप–महानगरपालिकाले रु ८० लाख बजेट विनियोजन गरेको छ । “वधशाला […]

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ६ दशमलव ६ डिग्री

ललितपुर। काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । आइतबार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । यद्यपि अपराह्न भने तापक्रम केही बढी छ । महाशाखाले काठमाडौंको अधिकतम तापक्रम सोमबार २२ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरेको छ । केही दिनयता उपत्यकासहित […]

म्याग्दीमा प्राङ्गारिक मल उद्योगको उत्पादन सफल

गलेश्वर। कृषि क्षेत्रमा प्राङ्गारिक क्रान्ति ल्याउने उद्देश्यका साथ म्याग्दीको मङ्गला गाउँपालिकाले शुरु गरेको प्राङ्गारिक मल उद्योगको परीक्षण उत्पादन सफल भएपछि नेपालका विभिन्न जिल्लाबाट अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ । गाउँपालिकाले खेतीयोग्य जमीनको दिगो संरक्षण र स्वस्थ्यकर बाली उत्पादनका लागि किसानलाई तालीम तथा अनुदानको सुविधासहित गत वर्ष प्राङ्गारिक मल उद्योग सञ्चालन गरेको हो । […]

दुई हजार चारसय परिवारलाई लालपूर्जा वितरण गरिने

अत्तरिया। राष्ट्रिय आवास कम्पनीले कैलाली र कञ्चनपुरमा बसोवास गर्दै आएका दुई हजार ४०० घरपरिवारलाई लालपूर्जा वितरण गर्ने भएको छ । साविकको नेपाल पुनर्वास कम्पनीले वितरण गरी बाँकी रहेका जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित स्थानीयवासीलाई व्यवस्थित गर्न लालपूर्जा वितरण गर्ने भएको हो । राष्ट्रिय आवास कम्पनीका अध्यक्ष मोहन चौधरीका अनुसार कैलालीको जुगेडामा बसेका चार सय र […]

पशु नपाल्दा घट्यो सुन्तला उत्पादन

म्याग्दी। सुन्तला गाउँको रुपमा चिनिएको म्याग्दीकोे बेनी नगरपालिका–४ बास्कुना गाउँमा यस वर्ष सुन्तला उत्पादन कम भएको छ । गाउँका कृषकले पशुपालन गर्न छोडेपछि मलको अभावमा सुन्तला उत्पादनमा कमी आएको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले बताए । बास्कुनाका २५ जनाले करीब १०० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट नै गाउँमा विगतका वर्षमा वार्षिक […]

बाँकेमा एक सय १२ हेक्टर जमीनमा जडीबुटी खेती

बाँके। जिल्लामा एक सय १२ हेक्टर जमीनमा जडीबुटी खेती गरिएको छ । किसानले ९३ हेक्टरमा मेन्था र १२ हेक्टरमा केमोमाइल खेती गरेका छन् । गत आर्थिक वर्षदेखि यहाँ कुरिलो खेतीको शुरुआत गरिएको छ । राप्तीसोनारी गाउँपालिकाको तीन सामुदायिक वनमा कुरिलो खेती शुरु गरिएको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताउनुभयो । राप्ती सोनारीको […]