समाज

बाँच्ने आधार भनेकै कृषि : ‘गरे नहुने के रहेछ र ?’

वीरेन्द्रनगर। कर्णाली चैतेधान खेतमा लहलह झुल्दा वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दीपक ढकाल औधी मख्ख छन् । करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको धान भित्र्याउन उनी आतुर पनि छन् । अविरल वर्षाले उनलाई धान भित्र्याउन अवरोध गरिरहेको छ । उनले आफ्नै एक बिघा जमीनमा गत चैत २८ गते धान रोपेका थिए । करिव […]

किसानले पाए प्रतिफलमा आधारित प्रोत्साहन रकम

भरतपुर। चितवनका किसानले प्रतिफलमा आधारित प्रोत्साहन रकम पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले केराखेतीमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरेको हो । मङ्गलबार कालिका र रत्ननगर नगरपालिकामा कार्यक्रम गरी १ सय ६६ किसानलाई प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको कार्यालयका कृषि अधिकृत इन्द्रशर्मा ढुङ्गानाले जानकारी दिए । प्रतिहेक्टर ६ हजार रुपैयाँका […]

सामूहिक लिची खेती सुरु

खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले सामूहिकरूपमा व्यावसायिक लिची खेती सुरु गरेका छन् । लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्न स्थानीय बरबोटे बिजवृद्धि कृषक समूहमा आबद्ध किसानले बन्दाबन्दीको अवधिमा बयाखुखोला नजिकैको २ सय रोपनी जग्गा भाडामा लिएर २ हजार बोटभन्दा बढी लिचीको बिरुवा रोपेका हुन् । गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ धितुङका स्थानीय बासिन्दाले […]

दुधालु गाइभैसिमा गर्मिको तनाब ब्यवस्थापन

शरीरको तापक्रम भन्दा वातावरणको तापक्रम बढी भइ बढेको तापक्रममा अनुकुलन हुन नसक्दा पशुले गर्मीको महसुस गर्दछ। गर्किको तनाबका कारण पशुहरुमा स्वास्थ्य सकस्या र फार्मको अर्थतन्त्रमा सामान्य देखि गम्भिर असर पर्न सक्दछ । गर्मिको कारण आहारा अरुचि, दुध उत्पादनमा कमी, दुधमा फ्याटको मात्रा घट्नु र प्रजनन क्षमतामा ह्रास आउने जस्ता समस्या देखा प्रदछन् ।पशुलाइ शरीरको तापक्रम […]

सलह आतंक : टिन र थाल ठटाएर भगाइँदै

प्युठान। यहाँका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् । किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् । लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१ […]

गतिलो आम्दानीको स्रोत बन्यो टिमुर खेती

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ प्रतापकोटका मानबहादुर वलीको पाखो बारी त्यसै खेर गएको थियो । वर्षदिनमा मुस्किलले वस्तुभाउँलाई सातादिन पुग्ने घाँसभन्दा त्यसबाट कुनै पनि उत्पादन थिएन बरु पाखोबारीमा भुक्षय हुने डर मात्रै थियो । पारिवारीक निजी वन संघ नेपालले टिमुर खेतीका लागि उत्प्रेरित गरेपछि अहिले उनको पाँखाभरी टिमुरका बोटमा टिमुरका झुप्पा फलेका छन् । […]

मेलम्चीको अभियान ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’

मेलम्ची। मेलम्ची नगरपालिकाले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान चलाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अभियानलाई प्राथमिताका साथ सञ्चालन गर्ने उल्लेख गरिएको छ । नगरपालिकाले बाँझो जमीनमा तरकारी र खाद्यान्न उत्पादनका लागि प्रोत्साहन गर्न यो अभियान चलाउने भएको हो । कृषि तथा पशु विकासका लागि एकीकृत सेवा […]

सांसद विकास कोषबाट ‘नमूना बृहत स्याउ तथा ओखर बगैँचा’

खलङ्गा। जुम्लाका सांसद गजेन्द्रबहादुर महतको सांसद विकास पूर्वाधार कोषको आगामी वर्षको सम्पूर्ण बजेट नमूना स्याउ र ओखर बगैँचामा लगानी गरिने भएको छ । टुक्रे योजनाले खासै परिवर्तन नहुने भन्दै सांसद महतले ‘नमूना बृहत् स्याउ तथा ओखर बगँैचा’ बनाएर पूरै बस्तीलाई नै समेट्ने गरी एक वर्षको सांसद विकास पूर्वाधारको सबै बजेट प्रयोग गरिने सांसद महतले बताउनुभयो […]

प्रदेश १ मा २१ प्रतिशत धान रोपाइँ 

विराटनगर। मनसुनको सक्रियतासँगै प्रदेश नं १ मा अहिलेसम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले कुलोपैनी, वर्षा, बोरिङको भरमा खेती गर्ने गरेका छन् । यस प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ धान लगाउने […]

कञ्चनपुरका स्थानीय तहको प्राथमिकता कृषि र स्वास्थ्य

कञ्चनपुर। कञ्चनपुरका पाँच वटा स्थानीय तहले कृषि, पशुपालन, स्वास्थ्य, रोजगारीमुखी कार्यक्रम, भौतिक पूर्वाधार निर्माण, पर्यटकीय क्षेत्रको विकासजस्ता कार्यक्रमलाई प्राथमिकता दिएर बजेट विनियोजन सार्वजनिक गरेका छन् । बुधबारको सभामा ती स्थानीय तहले आव २०७७/०७८ का लागि बजेट विनियोजन गरेका हुन् । बेदकोट नपाको बजेट रु ७२ करोड : कञ्चनपुरको बेदकोट नगरपालिकाकाले आर्थिक वर्ष २०७७/०७८ का लागि […]