समाचार

बाँकेका सात हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण

नेपालगञ्ज। बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले उहाँले पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै […]

कृषक चैते धानखेतीतर्फ आकर्षित

पर्वत। सडक र राजमार्ग विस्तारका कारण घडेरी विस्तार भइरहेका कारण लोप हुँदै गइरहेको अवस्थामा पुगेको चैते धानखेती पर्वतको पाँडफाँटमा फस्टाउँदै गएको छ । चैत महिनामा रोपेर असार अन्तिम साता काट्ने धान चैते धान अहिले पाङको फाँटभरि भुलेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइ पर्वतको सहायतामा चैते धानखेती विस्तार गरिएको हो । हिउँदमा […]

समृद्धिका लागि ‘किसान चौतारी जोतौँ खेतबारी’ अभियान

बेनी। म्याग्दीको मालिका गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोतौँ खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ । मङ्गलबार दरवाङमा आयोजित गाउँसभाको १३औँ अधिवेशनबाट पारित आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहनका लागि उक्त कार्यक्रम ल्याउन लागिएको जानकारी गराइएको हो । सभामा नीति […]

पोखराको पहिचान बन्दै रोपाइँ महोत्सव

गण्डकी। पर्यटकीय नगरी पोखरामा हुने मेला तथा महोत्सवमध्येको एक हो, ‘असारे रोपाइँ महोत्सव’ । पोखरा पर्यटन परिषद्को आयोजनामा हुन लागेको महोत्सवको १८औँ संस्करण पोखरा महानगरपालिका–१३ को कसेरी डुम्रीबोटमा गर्ने तयारी गरिएको छ । पोखरामा पर्यटन लक्षित पूर्वाधार बन्ने क्रम बढिरहँदा १७ वर्षअघि प्रत्येक वर्षको असार १५ मा असारे रोपाइँ महोत्सव गर्ने निधो गरिएको थियो । […]

गोठेमल व्यबस्थापन, भकारो सुधार, पशु मूत्रको संकलन र प्रयोग

गोठेमलको परिचयः गाईवस्तुको मलमूत्र, घाँसपातहरु, सोत्तर तथा अन्य झारपातहरु गोठको नजिकै बनाईएको खाल्टो वा अन्य जग्गामा नै जम्मा गरी कुहाएर तयार पारिएको मल नै गोठेमल हो । नेपालमा जैविक मलको मुख्य स्रोतका रुपमा यसको मलको प्रयोग गरिन्छ । गोठेमलका फाइदाहरुः स्थानीय स्रोतहरू (गोबर, मुत्र, सोत्तर तथा झारपात) आदिको प्रयोग हुने हुँदा बाहिरी सामग्री किन्नका लागि […]

अध्यापनसँगै तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै धनवीरसिंह

बैतडी। बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउँद पेसाले शिक्षक हुन्। उनी स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गर्छन्। साउदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्ने गरेको छ। गाउँमा उनी ‘नमूना कृषक’का नामले पनि चिनिँदै आएका छन्। साउदले तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका हुन्। लोभलाग्दो तरिकाले तरकारी खेती […]

बर्सेनि किसानलाई मलकै चिन्ता

ललितपुर । खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण यहाँका किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल राख्नुपर्ने बेलमा आवश्यक मल नपाउँदा ललितपुर महानगरका किसान चिन्तामा छन् । रासायनिक मल खरिद गरी स्थानीय तहमा वितरण गर्नुपर्ने जिम्मा कृषि सामग्री कम्पनीलाई छ । साल्ट ट्रेडिङ र कृषि सामग्री […]

अम्रिसो निकासीमा यथार्थ मूल्य कायम

बनियानी। काँकरभिट्टास्थित मेची भन्सार कार्यालयले अम्रिसो निकासीमा यथार्थ मूल्य कायम गरेको छ । यसअघि व्यवसायीले अम्रिसोको कम मूल्य निर्धारण गरी निकासी गर्दै आएकामा हाल बजार मूल्यकै आधारमा निकासी गर्ने गरिएको भन्सार अधिकृत कमलप्रसाद कोइरालाले जानकारी दिए । यसअघि ‘अन्डर इन्भ्वाइसिङ’ गरेर अम्रिसो निकासी गर्दै आइएको उनले बताए । “रु. ७० मा कायम गरेर अम्रिसो निकासी […]

असार लाग्यो, सुरु भयो रोपाइँ

भक्तपुर। यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ । गत जेठ ३२ गतेदेखि परेको ठूलो वर्षका कारण खेतमा पानी भरिएपछि किसानलाई यतिखेर धान रोप्ने चटारो परेको छ । जेठ महिनामा वर्षा नभएर धानको बीउ ब्याडमै मरेको र डढेपछि […]

मनसुन देशभर फैलँदै

ललितपुर।  हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका मध्य तथा पूर्वी भेगमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका […]