समाचार

कृषकलाई प्रोत्साहन रकम हस्तान्तरण

गण्डकी। पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका–२१ का सुन्तला उत्पादक किसानलाई सुन्तला बगैँचा व्यवस्थापन अभियानअन्तर्गतको प्रोत्साहन रकम हस्तान्तरण गरेको छ । वडाभित्र सुन्तला उत्पादन गरिरहेका कृषकको बगैँचा व्यवस्थापनअन्तर्गत प्रतिबोट एक सयका दरले कूल २५ लाख ५० हजार हस्तान्तरण गरिएको हो । ‘सिक्टस ग्रिनिङ’लगायतका ‘भाइरस’ एवं रोगका कारण विभिन्न स्थानमा सुन्तलाखेती सङ्कटग्रस्त बन्दै गएका अवस्थामा विगत चार वर्षयता […]

उत्पादन बढेपछि चक्लाबन्दीमा अकर्षित हुँदै किसान

गलकोट। बाँझो जग्गाको सदुपयोगसँगै उत्पादनमा वृद्धि भएपछि बागलुङका किसान चक्लाबन्दीतर्फ आकर्षित भएका छन् । बसाइँसराइका कारण बाँझो जग्गा बढ्दै गएको, एकल खेतीभन्दा सामूहिक खेतीले उत्पादन बढाउने र एकीकृत उत्पादनले बजारीकरणमा समेत सहयोग पु¥याउने भएपछि जिल्लाका किसान चक्लाबन्दीतर्फ आकर्षित भएका हुन् । बाँझो जग्गालाई एउटै ‘पलट’ बनाउने, जग्गाकोे खण्डीकरण मिलाउने र एकल बाली लगाउँदा उत्पादनमा वृद्धि […]

दाङमा सिँचाइका पूर्वाधार निर्माण तीव्र

दाङ। दाङको खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालनमा आएको ‘वृहत दाङ उपत्यका सिँचाइ आयोजना’ले पूर्वाधार निर्माणका कामलाई तीव्रता दिएको छ । विसं २०७३ देखि सञ्चालनमा आएको उक्त आयोजनाले अहिले सिँचाइका पूर्वाधार निर्माणलाई अघि बढाएको हो । “अहिले कार्यालयको उद्देश्य दाङको ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने हो । सोही अनुरुप हामीले काम गर्न थालेका […]

बर्खामा ढुवानी गर्न घोडा खच्चडकै भर

ढोरपाटन। वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुङ्गा मुठासहितको पहिरो थुप्रिएको छ । पहिराले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन् । सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका हजारौँ नागरिक प्रभावित बनेका छन् । गाउँ–गाउँसम्म सडक पुगेपछि स्थानीय घोडा खच्चड पाल्न […]

आफ्नै बारीको तरकारीले आत्मनिर्भर बनायो

जानकी। बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोरामा बाँधेर नेपालगन्जको बजारसम्म ल्याउनमै उहाँको दिन बित्ने गर्दछ । शान्ति तरकारी बोकेर बिहानै […]

पाटनमा चट्याङबाट ५० भेडाबाख्रा मरे

जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् । यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् । चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताए । सो […]

जापानको आम्दानी बाख्रापालनमा लगानी

गलकोट। गलकोट नगरपालिका–५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त छन् । एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुगेका रमेश बस्नेत आठ वर्ष जापानमा बसे । कोराना कहरको समयमा नेपाल आएका बस्नेत पुनः जापान फर्कन चाहेन । कोरोना कहरमा धेरै नेपाली समस्यामा परेको सम्झदै बस्नेतले आत्मनिर्भर हुनका लागि कोरोनाले पाठ सिकाएको स्मरण गरे । बस्नेतले […]

कृषि पर्यटनको गन्तव्य बन्दै गेप्ताङ

पर्वत। गण्डकी प्रदेश सरकारको समृद्धि तथा विकासका लागि कृषि र पर्यटनलाई जोडेर लैजानुपर्ने आवाज अभ्यासमा बदलिन थालेका छन् । विहादी गाउँपालिकामा अवस्थित पैयूँकोट दरबार र महाशिलाको मध्य भागमा अवस्थित वडा नं. ५ उरामपोखराको मगर बस्ती गेप्ताङ गाउँको घरबास पर्यटन नमूना कृषि पर्यटनको गन्तव्य बनाउन प्रदेश सरकार लागिपरेको हो । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको गेप्ताङ र […]

सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने

गण्डकी। सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो सङ्ख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किलोमिटर क्षेत्र वनजङ्गलले ढाकिएको छ । जुनसुकै मौसमममा जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट […]

दलवीरको बेमौसमी बन्दाखेती

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गर्नुभएको छ । समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ रोपनी बरामीमा ‘ग्रिन क्रोनेट’ जातको बन्दाखेती गरेको बताए । “बेमौसममा खेती गर्न सकिने जातको […]