समाचार

आलु र गोलभेँडामा डढुवाको सङक्रमण, किसान चिन्तित

कैलाली। वर्षापछिको शीतलहरसँगै लामो समयसम्म भएको चिसो मौसमका कारण कैलाली र कञ्चनपुर जिल्लाको आलु, गोलभेँडा खेतीमा डढुवा रोगको सङ्क्रमण भई नष्ट हुन थालेको छ । बालीमा डढुवाको सङ्क्रमण फैलिएर बाली नष्ट हुन थालेपछि किसान चिन्तित बनेका छन् । कैलालीका किसान नारायण चौधरीले डढुवाको समस्याले आलु र गोलभेँडा बाली नोक्सान पु¥याएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, […]

साग बेच्न पाएर दंग किसान, गुन्द्रुक बेच्दै सहकारी

काभ्रे। करेसाबारीमा उत्पादन भएको साग बेचेर नाग्रेगगर्चेका नानीमाया लामाले आठ हजार रुपैयाँ आम्दानी गरिन्। गाउँमा नै सञ्चालनमा आएको सिर्जनशील कृषि सहकारी संस्थाले गुन्द्रुक बनाएर बेच्न थालेपछि सो गाउँका किसानको आम्दानी समेत वृद्धि भएको छ। करिब ४०० किलोभन्दा बढी साग बेचेर आठ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको उनले जानकारी दिइन्। उनले मात्रै होइन, अहिले सो गाउँका […]

पकेट क्षेत्रमै मह उत्पादन कमी

सिस्ने। महको पकेट क्षेत्र घोषणा गरिएको रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–३ मा मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगको कारण मह उत्पादनमा कमि जनाइएको छ । यस पटक मह उत्पादनका लागि धैरे अपेक्षा गरे पनि अप्रत्यासित ढङ्गले […]

अर्गानिक कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु

पर्वत। पर्वत र बागलुङमा ‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु गरिने भएको छ । कृषि ज्ञान केन्द्र पर्वतले दुबै जिल्लाका १७ स्थानीय तहमा विशिष्ट क्षेत्र पहिचान गरी अर्गानिक कृषि उपज उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको हो । ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले सामूहिक रुपमा गरिने कृषि फर्ममा ६० र एकल फर्ममा ५ रोपनी क्षेत्रमा […]

ज्येष्ठ किसानलाई पेन्सन दिँदै चितवनको माडी नगरपालिका

चितवन। चितवनको माडी नगरपालिकाले सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ किसानलाई पेन्सन दिने भएको छ । वडा नं ८ कान्तिपुरमा शुरु गरिएको सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ नागरिकले पेन्सन पाउने भएका हुन् । सामूहिक खेतीमा आबद्ध भएका ज्येष्ठ नागरिकलाई वार्षिक रु पाँच हजारका दरले पेन्सन उपलब्ध गराइने नगरप्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । माडी […]

युवाको कमाल, च्याउको बीउ बिक्री गरेरै मासिक एक लाख २० हजार आम्दानी

ललितपुर। सर्लाही वाग्मतीका एक युवाले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वैदेशिक रोजगारबाट स्वदेश फर्किएका वाग्मती नगरपालिका वडा नं १० शङ्करपुरका ध्रुवप्रसाद चौलागाईंले च्याउको बीउ उत्पादन गरेर नयाँ उदाहरण प्रस्तुत गरेका छन्। उनले च्याउको बीउ बिक्री गरेर मासिक एक लाख २० हजार रुपैयाँ आम्दानी गर्छन् । दुई वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आएका उद्यमी […]

बाख्राको बृहतर पकेट क्षेत्र निर्माण गर्न ३० लाख सम्म अनुदान

ओखलढुंगा। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ बेन्द्र ओखलढुंगाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृता वार्षिक कार्यक्रम अन्र्तगत कृषि व्यवसाय प्रर्बद्धन अनुदान कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित भएको मितले १५ दिन भित्र सम्पर्क गर्न सम्पूर्ण किसान, कृषि सहकारी , नीजि फार्म, उद्यमी , कृषि समुह , कृषि सहकारीलाई […]

कृषि बीमाका लागि कम्पनी तोकियो, कुन बीमा कम्पनी कुन जिल्लामा हेर्नुहोस

ललितपुर। बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई जिल्ला तोकेर बाली तथा पशुपंक्षी बीमाका लागि काम गर्न निर्देशन दिएको छ। बाली तथा पशुपंक्षी बीमा व्यवसायलाई प्रवर्द्धन गर्नको लागि बीमा समितिले सबै जिल्लामा कम्तीमा एक बीमा कम्पनीको उपस्थिति अनिवार्य गर्न जिल्ला तोकेरै कम्पनीहरूलाई सेवा विस्तार गर्न निर्देशन दिएको हो। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले ७७ जिल्लामा तोकेरै बीमा […]

सरकार र उखु किसानबीच पाँचबुँदे सहमति

ललितपुर। केही दिनदेखि उखुको भुक्तानी नपाएको भन्दै राजधानी केन्द्रित आन्दोलन गरीरहेका उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ । सम्झौतामा यही माघ सात गते भित्र उखु किसानले पाउनु पर्ने सम्पूर्ण भुक्तानी पाउने व्यबस्था मिलाउने, किसानलाई उखुको उत्पादकत्व बढाउन सरकारले सहयोग गर्ने लगायतका विषय समेटिएको छ । सहमति अनुसार किसानले आफ्नो काठमाडौं केन्द्ति विरोध […]

किसान र व्यापारी छुट्याउन नसक्दा धान खरिदमा समस्या

वीरगञ्ज। खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले किसान र व्यापारीबीच फरक छुट्याउन नसक्दा धान खरिदमा समस्या भएको जनाएको छ ।सङ्घीय सरकारले किसानको मात्र धान खरिद गर्न कार्यालयलाई निर्देशन दिएको बताइएको छ । किसानको भेषमा व्यापारी धान बेच्न आउने गरेकाले समस्या देखिएको कार्यालयका प्रमुख नरनाथ अधिकारीले जानकारी दिनुभयो । किसानबाट धान खरिद गर्दा बजार […]