समाचार

एक करोडका माछा उत्पादन

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकामा एक वर्षको अवधिमै एक करोड मूल्य बराबरका माछा उत्पादन भएका छन् । कृत्रिम र प्राकृतिक पोखरीमा गरी झण्डै ५०० क्विण्टल माछा उत्पादन भएको छ । नगरपालिकाको पशु विकास शाखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार १३१ पोखरी र पाँच प्राकृतिक तालमा माछापालन हुने गरेको छ । पाँच सय आठ कट्ठा क्षेत्रफलमा रहेका कृत्रिम पोखरीमा मात्रै […]

सुन्तला खेतीबाट फेरियो जीवनशैली

पाल्पा। व्यावसायिक सुन्तला खेतीमा लागेका पाल्पाका स्थानीयवासीको जीवनशैलीमा परिर्वतन ल्याउन सफल बनेको छ । यहाँका ३० घरपरिवारले व्यावसायिकरुपमा सुन्तला खेती गरेर मनग्गे आम्दानी गरेसँगै उनीहरुको जीवनशैलीमा ठूलो परिर्वतन देखिएको हो । अहिले यहाँका स्थानीयवासी पैसा कमाउन वैदेशिक रोजगारीमा जान छाडेका छन् । परम्परागत अन्नबालीप्रति विकर्षण हुँदै व्यावसायिक फलफूल खेतीप्रति आकर्षित हुँदै गएका हुन् । पहिला […]

विदेश हैन स्वदेश, व्यावसायिक कृषिबाटै आमूल परिवर्तन

गलेश्वर। स्वदेशमा रोजगार पाइँदैन, सानो पूँजीमा केही गर्न सकिँदैन भन्दै धमाधम ऋण काढेर कठिन मिहिनेत गरी थोरै पैसा कमाउन विदेशिनेहरूलाई म्याग्दीका केही पौरखी युवाहरुले चुनौती दिएका छन् ।लगन हुने हो र मिहिनेत गर्न सक्ने हो भने थोरै पूँजीमा पनि विदेशमा भन्दा धेरै आम्दानी गर्न सकिने उनीहरु आफैँले प्रमाणित गरिदिएका छन् । बेनी नगरपालिका–२ रोहोटेका शोभित […]

सीप विकास तालिम लिने अवसर, तालिम पश्चात अनुदान दिइने

बुटवल। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ ले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत रुकुम पूर्व र रोल्पा जिल्लाका गाउँपालिकाहरुवाट छानिएका विपन्न परिवारका प्रत्येक परिवारबाट एक जना सदस्यलाई विभिन्न सीप विकास तालिम प्रदान गर्ने भएको छ । उक्त तालिम पश्चात अनुदान सहयोग पनि प्रदान गरिने मन्त्रालयले जनाएको छ […]

उखु किसानलाई भुक्तानी गर्न दिएको समय आज सकिदैं : सबै रकम उपलब्ध गराउन सक्दैनौं – उद्योगी

सर्लाही। सरकारले चिनी उद्योगलाई उखु किसानको बक्यौता भुक्तानी गर्न दिएको समयसीमा आज सकिँदैछ । तर किसानहरुले पूरै भुक्तानी नपाउने भएका छन् । चिनी उद्योगीहरुले किसानहरुलाई क्रमिक रुपमा रकम दिइरहेको तर सबै रकम तोकिएकै मितिमा उपलब्ध गराउन नसक्ने सरकारलाई जानकारी गराएका छन् । पुसको पहिलो सातादेखि उखु किसानहरुले बक्यौता रकम पाउनु पर्ने माग गर्दै काठमाडौंमा चरणबद्ध […]

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

ललितपुर। पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक- दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल जनाएको छ । सोमबार फेरि नेपालको पश्चिमी भूभाग हुँदै पश्चिमी न्यूनचापीय प्रणाली […]

सुन्तला बिक्रीबाट २५ लाख आम्दानी

वालिङ। यहाँका पुराना सुन्तला व्यवसायी फणिनारायण अर्यालले यसवर्ष सुन्तला बिक्री गरेर २५ लाख आम्दानी गर्नुभएको छ । सुन्तला ब्यवसाय सञ्चालन गर्ने जिल्लाकै पुराना तथा धेरै मात्रामा सुन्तला उत्पादन गर्ने अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका अर्याल जिल्लामै धेरै आर्थिक लाभ लिने सुन्तला व्यवसायीमध्ये हुनुहुन्छ । अर्यालले यसवर्ष सुन्तला बिक्रीबाट २५ लाख आम्दानी गर्नुभएको छ भने गतवर्ष ३६ लाख […]

तरकारी खेतीमा आत्मनिर्भर बनाइँदै गाउँपालिका

दार्चुला। दार्चुलाको नौगाड गाउँपालिकाले तरकारीमा आत्मनिर्भर बनाउने योजना अगाडि बढाएको छ । गाउँपालिकाले वडा नम्बर २ दल्लेख, सुण्डमुण्डु तथा वडा नम्बर ५ को बसर क्षेत्रलाई तरकारी पकेट क्षेत्रको रुपमा विस्तार गरी यहाँका तीन वटा बस्तीलाई तरकारी करिडोर बनाएर तरकारीमा आत्मनिर्भर बनाउने योजना अगाडि बढाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले व्यावसायिक तरकारी उत्पादनलाई महत्व दिएर योजना […]

साना कृषि मोडल फार्म स्थापना गर्दै कृषि ज्ञान केन्द्र

तनहुँ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र तनहुँले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत साना कृषि मोडल फार्म स्थापना गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र सम्पर्क गर्न आव्हान गरेको छ । थप जानकारीका लागि : ०६५ – […]

२ अर्ब ५० करोडको ऋणपत्र जारी गर्दै कृषि विकास बैंक

ललितपुर। कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर विक्री गर्ने भएको छ । बार्षिक १० दशलव ३५ प्रतिशत ब्याजदर दिनेगरी बैंकले सात वर्षे डिबेञ्चर जारी गर्न लागेको हो । विक्रम संवत २०८३ मा परिपक्व हुने उक्त डिबेञ्चरको मूल्य प्रति कित्ता १ हजार रुपैयाँ तोकिएको छ । यही माघ ७ […]