गाँजा : गाँस,बास अनि कपास
गांजा शब्द प्रती नेपाली समाजको अनुभुती र विश्लेषण माथिको चिन्तनलाई नियाल्दा तिता,मिठा र अनौठा सबै किसिमका परिदृश्यहरु प्रतिबिम्बित भएको पाइन्छ । कतिपयले त यसलाई प्रकृति माथिको नश्लभेद भनेर समेत परिभाषित गर्ने गरेका छन् । यश बनस्पति भित्र समाहित अन्तरगुणहरुको द्वन्द्वात्मक परिस्थितिले गर्दा नै यश प्रती स्पष्ट धार र विश्लेषणात्मक दृष्टिकोणको अंकुरण हुन पाएको छैन । […]





