विदेशबाट फर्केकालाई नगरपालिकाको उपहार कृषि रोजगारी
गाईघाट। कोभिड–१९ का कारण वैदेशिक रोजगारी गुमाएर फर्केका उदयपुर, त्रियुगा नगरपालिका क्षेत्रका ३१ युवालाई कृषिमा रोजगारी दिलाउन तरकारी खेतीसम्बन्धी आर्थिक र विभिन्न प्राविधिक उपकरणसहितको सहयोग गरिएको छ । नगरका विभिन्न वडाका बेरोजगार युवालाई मौसमी तरकारीखेतीमा स्वरोजगार र उद्यमी बनाउन नगरपालिकाले झण्डै ३० लाख बराबरको आर्थिक सहयोगसहित विभिन्न सामग्री सहयोग गरेको बताइएको छ । नगरपालिकाका प्रमुख […]





