कृषि ज्ञान केन्द्रको ७८ प्रतिशत रकम फ्रीज
पर्सा। प्रदेश नं २ को सरकारले समयमा कार्यविधि नपाएका कारण कृषिज्ञान केन्द्र पर्साको रु १५ करोडभन्दा बढी रकम फ्रीज भएको छ । गत आर्थिक वर्षका लागि प्रदेश सरकारले विभिन्न शिर्षकमा रु २० करोड ४१ लाख ४५ हजार विनियोजन गरे पनि सयममा कार्यविधि नपठाउँदा रु १५ करोड ८५ लाखभन्दा बढी रकम खर्च हुन नसकेको हो । […]





