समाचार

व्यावसायिक बेसार खेतीमा कृषकको आकर्षण

बर्दघाट–सुस्ता पश्चिम। का कृषक बसार खेतीतर्फ आकर्र्षित भएका छन् । पछिल्लो समय बेसारको माग बढ्दै जानाका साथै राम्रो आम्दानी हुने भएकाले यहाँका कृषकले व्यावसायिक रुपमा बेसार खेती गर्न थालेका हुन् । जिल्लामा व्यक्तिगत तथा सहकारीमार्फत बेसार खेती शुरु गरिएको छ । शुद्ध बेसारको माग बढ्दै गएकाले सहकारीमार्फत आफूहरुले व्यावसायिक रुपमा बेसार खेती शुरु गरेको सुनवल […]

कुखुरापालनमा बढ्दो आर्कषण

डोटी। पछिल्लो समय जिल्लामा स्थानीय जातको कुखुरापालन गर्ने कृषक बढेका छन् । यहाँका मुख्य बजारमा स्थानीय (लोकल) कुखुराको माग बढ्दै गएपछि कृषक व्यावसायिकरूपमै स्थानीय जातका कुखुरापालनमा आकर्षित हुन थालेका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सुरज विकले बजारमा स्थानीय कुखुराको माग देखेरै कुखुरापालनमा लागेको बताउनुभयो । उहाँले रु पाँच लाख लगानी गरी २०० चल्ला राखेर […]

रासायनिक मल नहुँदा पनि धान बाली राम्रो

हेटौंडा। सरकारले नेपाललाई कृषि प्रधान देशको नाम दिएको छ । तर, समयमा मल नपाउने, बीऊ विजन नपाउने तथा कृषि औजार तथा उपकरण समेत नपाउने अवस्था किसानले विगत वर्षदेखि झेल्दै आइरहेका छन् । खेतीपातीको समयमा मल नपाएर किसान हैरान भएको समस्या त आम जस्तै भइसकेको छ । किसानलाई उचित रुपमा उपज उत्पादनका लागि समयमै रासायनिक मलको […]

कृषि र श्रम सम्झौता भएसँगै इजरायली श्रम बजार नेपालीका लागि खुला

ललितपुर। नेपालमा इजरायलको कृषि प्रविधि ल्याएर सातै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले गति लिनेछ । सो समझदारीपत्रमा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलका तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गरेका छन् । इजरायली अन्तरराष्ट्रिय […]

अनुसन्धान केन्द्रमै फौजी किराको आक्रमण, देशभर प्रकोपको रुपमा फैलिएपछि अध्ययन सुरु

चितवन। चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ । देशभर प्रकोपको रुपमा फैलिएको फौजीकीरा नियन्त्रण गर्न वैज्ञानिक र प्राविधिकहरु अनुसन्धानमा खटिएका हुन् । उनीहरुले अनुसन्धानका लागि अहिले फौजीकीराको अण्डा सङ्कलन गरिरहेका छन् । विभिन्न तरिकाले अनुसन्धान र परीक्षण सञ्चालन गरिरहेको अनुसन्धान कार्यक्रमले फौजीकीराको अण्डा सङ्कलन गरेको जनाएको छ […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङको बजेट दुई करोडभन्दा बढी

खोटाङ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालय खोटाङले चालू आर्थिक वर्षमा रू. दुई करोड दश लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्तिमा २०० रोपनी जग्गामा एकै किसिमका बाली लगाउनेगरी चक्लाबन्दी खेती प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको इकाईले जानकारी दिएको छ । नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरोकारवालासँगको समन्वय बैठकमा […]

बन्दाबन्दीको उपयोग गर्दै तरकारीखेतिमा स्याङ्जाका युवा

स्याङ्जा। स्याङ्जाका युवाहरुले बन्दाबन्दीको उपयोग गर्दै तरकारीखेतिमा जुटेका छन् । हामी रोजगारीका लागि सधैं अरुको मुख ताक्ने र दोष दिनुभन्दा आफैंबाट पनि खोज गर्नसक्नुपर्छ भनेर यी युवाहरु सामुहिकरुपमा जुटेका हुन् । अलि अलि गर्नसक्ने भएपछि रोजगारीको गन्तव्य विदेश बनाएका कारण पछि परेको निष्कर्ष सहित सामुहिकरुपमा कृषि कर्ममा लागेको उनिहरुले बताएका छन् । वैदेशिक रोजगारीको भविष्य […]

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

म्याग्दी। कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ । गण्डकी प्रदेश सरकारले क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेका लागि रु १५ लाख र बाँझो जमिनमा खेती गर्नेका लागि रु २४ लाख बजेट पठाएको छ । कम्तीमा दुई रोपनीभन्दा […]

कृषकको वर्गीकरण गर्दै पोखरा महानगरपालिका : यसरी गर्नुहोस अनलाइन दर्ता

पोखरा। पोखरा महानगरपालिकाले अनलाइनमार्फत कृषकको वर्गीकरण गर्ने भएको छ । महानगरमा भित्रका कृषकलाई परिचयपत्र वितरण गर्नका लागि अनलाइनमार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रक्रिया अगाडि बढाइएको महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । कडरियाका अनुसार महानगरले तयार पारेको वेबसाइट https://apms.pokharakrishi.com/public-noticefield_ward_number_tid=54मा राखिएको अनलाइन दर्ता फारम भरेर कृषक सूचीकृत हुन सक्नेछन् । […]

मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै महोत्तरी

महोत्तरी। महोत्तरी जिल्ला विगत केही दिनदेखि नेपालबाट भारततर्फ मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । भारतसँग करीब १४ किलोमिटर खुल्ला सिमानाका कारण जिल्लाबाट अहिले दैनिक सयौँ क्विन्टल मटर चोरी निकासी हुने गरेको छ । सीमामा खटिएका सशस्त्र प्रहरी सीमा सुरक्षा बल, नेपाल प्रहरीको सीमा गस्ती टोली र सशस्त्र प्रहरी राजस्व गुल्मसमेतले अहिले दैनिक नेपालबाट […]